काठमाडौं । पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ ।
कोलकत्तास्थित कल्याणी रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ३-० ले पछि परेको छ ।
महेसन सिंहले १५ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मनन्दिप माकेसले गोल गर्दै भारतको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा शिवजित सिंहले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाए ।
आज दुवै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपाल लिगको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । भारत भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
प्रतियोगिताको पहिलो खेलमा पनि नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्य