एजेन्सी । इन्ग्लिश क्लब आर्सनलका डिफेन्डर नाचो मोनरियल स्पेनिस क्लब रियल सोडीडाडमा अनुबन्धित भएका छन् ।
सोसीडाडले नाचोलाई २ वर्षको लागि क्लबमा अनुबन्ध गरेको जनाएको छ । सम्झौतासँगै स्पेनिस डिफेन्डर नाचो आगामी २०२१ जुन ३० सम्म सोसीडाडमा रहने छन् ।
सन् २०१३ मा इन्ग्लिश क्लब आएका नाचोले आर्सनलबाट २५० खेलमा १० गोल गरेका थिए ।
नाचोले आर्सनलबाट एफए कप र कम्युनिटी शिल्डको उपाधि जितेका थिए ।