एजेन्सी । लियोनल मेस्सीले स्पेनिस ला लिगा अन्तर्गत ओसासुनाविरुद्वको खेल गुमाउने भएका छन् ।
बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले शनिबार हुने ओसासुनाविरुद्वको खेल मेस्सीले नखेल्ने बताएका हुन् ।
‘उनीले विस्तारै निको हुदैछन् । आशा गरौ उनी भ्यालेन्सियाविरुद्वको खेलमा उपस्थित हुनेछन् । र च्याम्पियन्स लिगको खेलमा । हेरौ दुई हप्तामा उनको चोटले कुन रुप लिन्छ ।’ भाल्भार्डेले भनेका छन् ।
चोटकै कारण मेस्सीले ला लिगाको सूरुवाती दुई खेल गुमाएका थिए । उनी गत सिजन कोपा डेल रेको फाईनल खेलेपछि मैदान उत्रिएका छैेनन् ।
उनी तिघ्राको चोटका कारण प्रि–सिजनमा समेत अनुपस्थित थिए । मेस्सी अनुपस्थित लिगको पहिलो खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसंग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा बार्साले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको थियो ।
स्पेनिस लिगको तेस्रो खेलमा बार्सिलोनाले आज ओसासुनाविरुद्व खेल्दैछ ।