एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न ८ खेलहरु हुँदैछ ।
शनिबार लिग लिडर लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिग लिडर लिभरपुलले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ ।
बर्नलीविरुद्ध मैदान उत्रदा लिभरपुल जित निकाल्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ । शीर्ष स्थानको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ ।
बर्नली लिभरपुललाई हराएर दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बर्नलीको ४ अंक रहेको छ ।
यस्तै म्यानचेस्टर सिटीले घरेलु मैदानमा ब्राइटनसँग खेल्नेछ । सिटी र ब्राइटनबीचको खेल बेलुका ७:४५ मा सुरु हुनेछ ।
लिगको दोस्रो स्थानमा रहेको सिटी ब्राइटनलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । सिटीले ३ खेलमा ७ अंक जोडेको छ । ४ अंक जोडेको ब्राइटन पहिलो जितको खोजीमा हुनेछ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । युनाईटेड र साउथह्याम्पटनबीचको खेल बेलुका ५:१५ मा सुरु हुनेछ ।
साउथह्याम्पटनलाई उसैको मैदानमा हराएर युनाइटेड दोस्रो जित निकाल्न चाहन्छ । ३ खेलमा युनाइटेडले ४ अंक जोडेको छ । घरेलु टोली साउथह्याम्पटन पनि युनाइटेडलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।
लिग अन्तर्गत नै चेल्सीले सेफिल्ड युनाइटेडसँग खेल्नेछ । चेल्सी र सेफिल्ड दुवै टिम दोस्रो जितको खोजीमा हुनेछ ।
अन्य खेलमा क्रिस्टलले एस्टन भिल्ला, लेष्टरले बर्नेमाउथ, न्युकासलले वाट्फोर्ड र वेष्ट ह्यामले नर्विचसँग खेल्नेछ ।