एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका इडेन हजार्ड युरोपा लिगको वर्ष खेलाडी घोषित भएका छन् ।
युरोपा लिगको सन् २०१८/१९ को सिजन उत्कृष्ट खेलाडी बन्दै हजार्डले 'युरोपा लिग प्लेयर अफ दि सिजन' अवार्ड जितेका हुन् ।
युरोपा लिगले शुक्रबार हजार्डलाई वर्ष खेलाडी घोषणा गरेको हो ।
गत सिजन चेल्सीले युरोपा लिग जित्दा हजार्डले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस सिजन भने हजार्ड चेल्सी छाडेर स्पेनिस क्लब मड्रिड आएका छन् ।