एजेन्सी । स्पेन तथा बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इन्रिकेको छोरी साना मार्टिनेजको निधन भएको छ ।
क्यान्सरबाट पीडित सानाको ९ वर्षको उमेरमा बिहिबार निधन भएको हो । मार्टिनेज साना पछिल्लो पाँच महिनाबाट हड्डीको क्यान्सरबाट पीडित रहेकी थिइन् ।
प्रशिक्षक इन्रिकेले सामाजिक संजाल ट्वीटरबाट छोरीको निधन भएको जानकारी गराएका छन् ।
'तिमी तारा हुनेछौँ र हाम्रो परिवारलाई मार्ग निर्देशन गर्ने छौं,' इन्रिकेले निकै मार्मिक ट्वीट गरेका छन्, 'तिमीलाई हामी धेरै सम्झन्छौं । हामी हाम्रो जीवनको हरेक दिन तिमीलाई याद गर्नेछौं । आशा छ हामी फेरि भेट्नेछौं ।'
यस्तै इन्रिकेले छोरीको उपचारमा खटिएका अस्पतालका स्टाफहरुलाई धन्यवाद समेत दिएका छन् ।

