काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलका लागि नेपाली टोलीको कप्तानी किरणलाई दिएको हो ।
नियमित कप्तान विराज महर्जन टिमबाहिर रहेपछि किरणले नेपाली टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपकप्तान रहेका थिए ।
कप्तान विराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् ।
नेपाली टोलीको विदाईमा राखेप सदस्य सचिव रमेश कुमार सिलवाल र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली राष्ट्रिय झन्डा टिम म्यानेजर मधुसुदन उपाध्याय, प्रशिक्षक जोहान कालिन र कप्तान किरणलाई दिएका थिए ।

यसै साता मलेसियन लिग च्याम्पियन जोहोर साउदर्न टाइगर्स एफसीसँग मैत्रिपूर्ण खेलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गरेका थिए । किरण ट्रायलका लागि जापानमा रहेको कारण सुजलले कप्तानी गरेका थिए ।
विश्वकप छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ