एजेन्सी । वायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्लबसंगको सम्झौता थप गरेका छन् ।
जर्मन महारथी क्लब वायर्नसंग लेवान्डोस्कीले चार बर्षको सम्झौता थप गरेका हुन् । नयाँ सम्झौता अनुसार वायर्नले आफ्ना फरवार्डलाई सन् २०२३ सम्म क्लबमै राख्न सफल भएको छ ।
३१ बर्षका पोल्याण्डका कप्तानले २ सय ४६ खेलमा १ सय ९७ गोल गरेका छन् । उनी बोरुसिया डर्टमण्डबाट पाँच बर्ष अगाडी वायर्नआएका थिए ।
उनले क्लबबाट लगातार पाँच पटक बुन्डेशलिगाको उपाधि उचालेका छन् ।

'यो मेरो खेल्ने घर हो । यो क्लबको हिस्सा हुन पाउँदा गर्वको महशुश गर्छु ।' लेवान्डोस्कीले भनेका छन् ।
उनी क्लबका सर्वकालिन सर्वाधिक तेस्रो गोलकर्ता हुन् ।
उनी बुन्डेशलिगामा धेरै गोल गर्ने विदेशी खेलाडी हुन् । उनले बार्यन र डर्टमण्डबाट २ सय ७ गोल गरेका छन् ।
'वायर्न विश्वको उत्कृष्ट तीन क्लब मध्य एक हो । जसको उत्कृष्ट टिम छ ।' उनले भने, 'आगामी दिन अझै धेरै उपाधि हासिल गर्नेमा म विश्वस्त छु ।'