एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको एकै समूहमा परेका छन् ।
युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार सार्वजनिक गरेको समूह चरणको खेल विभाजनमा रियल र पीएसजी एकै समूहमा परेको हो ।
युईएफएले गरेको 'ड्र' मा रियल र पीएसजी समूह 'ए' मा परेका छन् । र, समूह चरणमै दुई क्लबबीच भिडन्त हुने भएको छ । यस्तै यसै समूहमा क्लब वर्ग, गलातासारे रहेका छन् ।
साविकको विजेता तथा इन्ग्लिश क्लब लिभरपुल भने समूह 'ई' मा परेको छ । यस समूहमा नापोली, साल्जबर्ग र जेन्क रहेका छन् ।
गत सिजनकाे उपविजेता टाेटेनहम र जर्मन महारथी वायर्न म्युनिख समूह 'बी'मा परेका छन् । दुवै टाेली समूह चरणमै प्रतिस्पर्धा गर्नेछन् ।
स्पेनिस क्लब बार्सिलाेना कठिन मानिएकाे समुह 'एफ' मा परेकाे छ । बार्सिलाेना रहेकाे समूहमा बुन्डेसलिगा क्लब बाेरुसिया डर्टमण्ड र इटालियन क्लब इन्टर मिलान रहेका छन् ।
इटालियन च्याम्पियन युभेन्ट्स समूह 'डी' मा रहेको छ । यस समूहमा एट्लेटिको मड्रिड, लिभरकुसेन र लोकमोटिभ मस्कोभा रहेका छन् ।
इन्ग्लिश क्लब म्यानचेस्टर सिटी सहज समूह 'सी' र चेल्सी समूह 'एच' मा रहेको छ ।
युईएफएले समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई ४ पटमा विभाजन गरेर 'ड्र' गरेको छ । र, ३२ टोलीलाई ८ समूहमा विभाजन गरेको छ ।
कुन समूहमा कुन टिम ?
समूह 'ए'
पेरिस सेन्ट जर्मेन , रियल मड्रिड, क्लब वर्ग, गलातासारे
समूह 'बी'
वायर्न म्युनिख, टोटेनहम, ओलाम्पिकाओस, क्रेभिना जेभेज्डा
समूह 'सी'
म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, डाइनामो, एटलान्टा
समूह 'डी'
युभेन्ट्स, एट्लेटिको मड्रिड, लिभरकुसेन, लोकमोटिभ मस्कोभा
समूह 'ई'
लिभरपुल, नापोली, साल्जबर्ग , जेन्क
समूह 'एफ'
बार्सिलोना, बोरुसिया डर्टमण्ड, इन्टर मिलान, स्लाभिया प्रभा
समूह 'जी'
जेनिथ, बेन्फिका,लियोन, आरबी लेपजिङ
समूह 'एच'
चेल्सी, आयाक्स, भ्यालेन्सिया,लिली
