काठमाडौं । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा दाङले संघर्षपूर्ण जित निकालेको छ ।
तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीस्थित रंगशालामा दाङले बर्दियालाई २-१ गोल अन्तरले पराजित गर्यो ।
दाङको जितमा अभिषेक वली र गणेश नेपालीले एक एक गोल गरे । बर्दियाका लागि शम्भु थारुले एक गोल फर्काए ।
यस्तै अर्को खेलमा बाँके र रोल्पाले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
बाँकेका लागि प्रविण सुनार र विशाल थापाले एक एक गोल गरे । रोल्पाका लागि विजेन्द्र जिएम र एरोज गैरेले एक एक गोल फर्काए ।