एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहम घरेलु मैदानमै पराजित भएको छ ।
आइतबार राति भएको खेलमा टोटेनहम न्युकासल युनाईटेडसँग १-० गोल अन्तरले पराजित भएको हो ।
न्युकासललाई जित दिलाउन जोलिनटनले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
ह्वाइटहर्ट लेनमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा टोटेनहम पराजित भयो ।

टोटेनहमलाई हराएसँगै न्युकासलले पहिलो जित निकालेको छ । जितसँगै न्युकासलले ३ खेलबाट ३ अंक जोडेको छ ।
टोटेनहमको यो पहिलो हार हो । टोटेनहमले ३ खेलबाट ४ अंक जोडेको छ ।
प्रिमियर लिग अन्तर्गत नै आइतबार वुल्भ्स र बर्नलीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
