काठमाडौं । राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ यतिबेला जापानमा छन् । उनी तेस्रो डिभिजनको क्लब फुजिडा एमवाईएफसीमा ट्रायल दिन जापान गएका हुन् ।
फरवार्ड सन्तोष साहुखलपछि जापानमा ट्रायल दिने किरण दोस्रो नेपाली खेलाडी हुन् । ट्रायल पास भएको अवस्थामा किरण अर्को सिजनका लागि क्लबमा जोडिनेछन् ।









