काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिम र मलेसियाको लिग च्याम्पियन क्लबबीच हुने मैत्रीपूर्ण फुटबल खेल निशुल्क हेर्न पाईने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मलेसियन क्लबविरुद्व हुने मैत्रीपूर्ण खेल निशुल्क हेर्न सकिने जनाएको छ ।
नेपालले अगामी सोमबार मलेसियन क्लब जोहारसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
एन्फाले मलेसियामा रहेका नेपालीलाई रंगशाला गएर नेपाली टिमलाई समर्थन गर्न आग्रह गरेको छ ।
एन्फाले टिकटहरु आईतबार बिहान ९ बजेबाट रंगशालाको टिकट काउन्टरबाट लिन सकिने जनाएको छ ।
विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत समुह बीमा रहेको नेपालले एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताईपेसंग खेल्नेछ ।
नेपालले कुवेतसंग खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ ।