नेपालगन्ज । बाँकेको खजुरामा संविधान दिवसको अवसरमा योगिनी कप फुटबल प्रतियोगिता हुने भएको छ ।
खजुरा गाउँपालिकास्थित योगिनी माविको खेल मैदानमा प्रतियोगिता आगामी असोज ३ देखी ७ गतेसम्म हुने आयोजकले जनाएको छ ।
सहयोगी आवाज (हिभ) नेपालको आयोजनामा र बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा बाँके र बर्दियाका ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार पुरस्कार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकलाई समेत पुरस्कृत गरिने छ ।