दाङ । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवलपरासीले विजयी सुरुवात गरेको छ ।
बिहिबार बिहान तुलसीपुर उपमहानगरपालिकास्थित बेलझुण्डीमा भएको प्रतियोगितामा आयोजक टोली दाङलाई ३ ० गोल अन्तरले पराजित गर्दै नवलपरासीले विजयी सुरुवात गरेको हो ।
रुपन्देहीका सुरज आले मगरले ह्याट्रिक गरेका थिए ।
खेलको छैटौ मिनेटमा कर्नरबाट आएको बललाई हेडमार्फत वन टचमा गोल गर्दै सुरजले रुपन्देहीलाई अग्रता दिलाएका थिए । उनले ३० औ मिनेटमा टोलीको अग्रता दोब्बर पारे । खेल सकिन २ मिनेट बाँकी छदाँ ह्याट्रिक सहित उनले रुपन्देहीलाई सानदार जित दिलाए ।
दोस्रो दिन भोली (शुक्रबार) दुई खेल हुनेछ । बिहान रोल्पा र बर्दिया तथा अपरान्ह बाँके र रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना भएको प्रतियोगितामा दाङ, बाँके, बर्दिया, रुपेन्देही र नवलपरासी, रोल्पा गरि ६ जिल्लाको सहभागिता छ ।
प्रतियोगिताो विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।