एजेन्सी । सेन्ट लुइस फुटबल क्लबले अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लबको मान्यता पाएको छ ।
एमएलएसले बुधबार लुइसलाई अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग खेल्ने अनुमति दिएको हो । अब लुइसले सन् २०२२ बाट एमएलएस लिग खेल्नेछ ।
एमएलएसले मान्यता दिएसँगै लुइस महिला मालिक भएको पहिलो एमएलएस क्लब बनेको छ । क्लबको मालिक कारोलिन किन्ड्ले बेट्ज रहेकी छिन् ।
अब एमएलएस लिगमा ३० क्लबले प्रतिस्पर्धा गर्नेछन् । एमएलएस लिगमा अहिले २४ क्लबले खेल्दै आएका छन् ।
आगामी सिजनबाट डेभिड बेकह्यामको इन्टर मियामी एफसी र नास्भिल्लेले एमएलएस लिगमा डेब्यु गर्ने छन् । त्यस्तै सन् २०२१ बाट अस्टिन एफसीले एमएलएस लिग खेल्नेछ ।