एजेन्सी । इन्ग्लिश विंगर जाडोन सान्चो जर्मन क्लब बोरुसिया डर्टमण्डमै रहने भएका छन् । १९ वर्षका युवा खेलाडी सान्चो क्लबसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।
पछिल्लो समय सान्चो म्यानचेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड जाने हल्ला चलिरहेको थियो । दुवै क्लबले सान्चो अनुबन्धको लागि तयारी समेत गरिरहेको थियो । तर, सान्चो मोटो रकमको तलबमा डर्टमण्ड बस्न सहमत भएका छन् ।
नयाँ सम्झौतासँगै सान्चोले साताको १ लाख ९० हजार पाउण्ड पाउने छन् ।
गत सिजन सान्चोले १३ गोल गरेका थिए । यस सिजनको पहिलो खेलमा समेत उनले गोल गरिसकेका छन् ।