एजेन्सी । लिभरपुलका पुर्व फरवार्ड ड्यानियल स्टुरेज टर्किस क्लब रब्जोनस्पर पुगेका छन् । उनी तीन बर्षको सम्झौता सहित टर्किस क्लबमा पुगेका हुन् ।
२९ बर्षका फरवार्डलाई लिभरपुलले समर ट्रान्सफरमा रिलिज गरिदिएको थियो । उनी करिब ६ बर्ष लिभरपुलका बिताएर प्रिमियर लिग क्लब छाडेका हुन् ।
उनले १ सय ६० खेलमा ६७ गोल गरेका थिए ।
ईङ्ल्याण्डका फरवार्ड समेत रहेका उनी म्यानचेष्टर सिटी र चेल्सीबाट समेत खेलेका थिए ।
६ पटकका टर्किस च्याम्पियन रब्जोनस्परले गत सिजन चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । क्लबले युरोपा लिगको प्लेअफ राउण्डमा ग्रिक क्लब एईके एथेन्ससंग प्रतिस्पर्धा गर्नेछ ।
रब्जोनस्परको कप्तानी वार्यन म्युनिख तथा एसी मिलानका मिडफिल्डर जोसे सोसाले गरेका छन् । क्लबले यसै सिजन क्रिस्टल प्यालेसका फरवार्ड अलेक्जेन्डर सोर्लोथलाई हस्ताक्षर गरेको छ ।
स्टुरेजले गत सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।