एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बिषयमा मुख खोलेका छन् ।
ईटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका फरवार्ड रोनाल्डोले आफुले अर्को बर्ष सन्यास लिन सक्ने बताएका हुन् ।
उनले अर्को बर्ष नभए ४० बर्षको उमेरसम्म फुटबल खेल्ने समेत उल्लेख गरेका छन् ।
रोनाल्डो गत सिजन ईटालियन क्लब युभेन्ट्स आएका थिए । उनले सबै प्रतियोगिताका ४३ खेलमा २८ गोल गरेका थिए । उनले युभेन्ट्सलाई सिरि एको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।
'पाँच पटकका बालेन डी ओरका विजेता रोनाल्डोले करियर अन्त्य गर्ने बिषयमा अनिश्चितता व्यक्त गरेपनि आफु धेरै टाढा नजाने उल्लेख गरेका हुन् ।
मैले त्यो बिषयमा सोचेको छैन ।' उनले भने ।
'सायद म अर्को वर्ष करियर अन्त्य गर्न सक्छु । तर, म ४० वा ४१ बर्षसम्म समेत खेल्न सक्छु ।' उनले भने ।
'मलाई थाहा छैन । मैले सधै यस क्षणको मज्जा लगिरहेको छु । उपहार उत्कृष्ट छ । मैले यसलाई उपभोग गर्नैपर्छ ।' उनले थपे ।
रोनाल्डाले ब्यक्तिगत रुपमा ५ पटक च्याम्पियन्स लिग, तीन प्रिमियर लिग, दुई ला लिगा र एक सिरि एको उपाधि जितेका छन् ।
'मलाई लाग्दैन कि त्यहाँ कुनै फुटबल छन्, जोसंग म भन्दा बढी रेकर्ड छन् ।' रोनाल्डोले भनाई छ ।