एजेन्सी । फ्रान्सका पूर्व विंगर फ्रान्क रिबेरी इटालियन क्लब फियोरेन्टिनामा अनुबन्धित भएका थिए ।
जर्मन क्लब वायर्न म्युनिखका पूर्व विंगर रिबेरीलाई फियोरेन्टिनाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
फियोरेन्टिनाले बुधबार सामाजिक संजाल ट्वीटरबाट रिबेरी अनुबन्ध गरेको जनाएको छ । फियोरेन्टिनासँग रिबेरीले २ वर्षको सम्झौता गरेका छन् ।
३६ वर्षे रिबेरीले गत सिजनको अन्त्यसँगै वायर्न छाडेका थिए । सन् २००७ देखि २०१९ सम्म वायर्नमा रहेका रिबेरीले २७३ खेलमा ८६ गोल गरेका थिए । वायर्नबाट उनले ९ पटक बुन्डेस लिगाको उपाधि जितेका थिए ।
सन् २०१४ बाट अन्तराष्ट्रिय फुटबलमा सन्यास लिएका रिबेरीले फ्रान्सबाट ८१ खेलमा १६ गोल गरेका छन् ।