एजेन्सी । नेदरल्याण्डसका पूर्व स्टार विंगर आर्जेन रोबिनले स्पेनिस प्रशिक्षक पेप ग्वार्डीओला सर्वोकृष्ट प्रशिक्षक भएको बताएका छन् ।
जर्मन क्लब वायर्न म्युनिखका पूर्व विंगर रोबिनले आफुले धेरै प्रशिक्षकसँग खेलेको तर फुटबल करियरमा भेटेको उत्कृष्ट प्रशिक्षक ग्वार्डीओला रहेको बताए ।
'पक्कै पनि यो कठिन कुरा हो । मैले धेरै प्रशिक्षकहरु देखेको छु र सफल पनि भएका छौं,' जर्मनीको स्पोर्ट्स ब्लिडसँग रोबिनले भने, 'तर,यदी तपाइको उत्कृष्ट प्रशिक्षक को हो भनेर सोध्नु भयो भने 'पेपे ग्वार्डीओला' मैले भन्नेछु । मैले उनीसँग निकै रमाइलो गरे ।'
फुटबल करियरमा रोबिनले लुइस भान गाल, जोसे मोरिन्हो जस्ता ठुला प्रशिक्षकसँग समेत फुटबल खेलेका छन् । तर, रोबिनले ग्वार्डीओलाको नेतृत्वमा आफुले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको बताए ।
'जब म ३० वर्षको थियो तब पेप क्लब आए । म स्थिर रहन कोशिस गरिरहेको थिए । तर, उनको नेतृत्वमा म उत्कृष्ट भए । मैले फरक पोजिसनबाट समेत खेले जुन मैले खेल्न सक्छु भन्ने कहिले सोचेको थिएन । उहाँ उत्कृष्ट हुनुहुन्छ,' रोबिनले थपे ।
ग्वार्डीओला सन् २०१३ देखि १६ सम्म वायर्नको मुख्य प्रशिक्षक रहेका थिए ।