काठमाडौं । पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज (बुधबार) भारतको सामना गर्दैछ ।
भारतको कल्याणीस्थित कल्याणी रंगशालामा नेपालले पहिलो खेलमा आयोजक राष्ट्रको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल अपरान्ह १२ : १५ बजेपछि सुरु हुनेछ ।
उपाधि जित्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमा बलियो टोली भारतलाई स्तब्ध बनाउने योजनामा रहेको छ ।
नेपालले हालसम्म यू-१५ को उपाधि जित्न सकेको छैन । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउने योजनामा रहेको छ ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
भारतपछि नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।
नेपाली टिम :
गोलरक्षक : ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी
डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा
मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी
स्ट्राइकर : क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा