एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले 'स्टार अफ दि इयर' अवार्ड जितेका छन् ।
पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले जर्मन पत्रिका स्पोर्ट्स ब्लिडले प्रदान गर्ने अवार्ड 'स्टार अफ दि इयर' पाएका हुन् ।
स्पोर्ट्स ब्लिडले लेवान्डोस्कीलाई सोमबार राति आयोजित एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरेको थियो ।
लेवान्डोस्की गत सिजन जर्मन बुन्डेस लिगा फुटबलमा सर्वाधिक गोलकर्ता बनेका थिए । गत सिजन लेवान्डोस्कीले २२ गोल गरेका थिए ।
सन् २०१४ मा वायर्न आएका लेवान्डोस्कीले क्लबबाट २४५ खेलमा १९४ गोल गरेका छन् ।