एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मुख्य प्रशिक्षक माउरीजियो सार्री निमोनियाले ग्रस्त भएपछि अस्पताल भर्ना भएका छन् ।
चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका ६० वर्षे सार्री सोमबार अस्पताल भर्ना भएका हुन् । उनको टुरिनको एक अस्पतालमा उपचार भईरहेको बताईएको छ ।
निमोनियाले ग्रस्त भएपछि सार्री सोमबार भएको ट्रीसटिनाविरुद्धको मैत्रीपूर्ण खेलमा समेत उपस्थित भएका थिएनन् ।
इटालियन सिरी 'ए' अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा समेत सार्री अनुपस्थित हुने बताईएको छ । युभेन्ट्सले सिजनको पहिलो खेल शनिबार पर्मासँग खेल्नेछ ।