एजेन्सी । वर्षको उत्कृष्ट गोल पुस्कास अवार्डका लागि फिफाले मनोनयनमा पर्ने १० खेलाडीको नाम सार्वजनिक गरेको छ ।
फिफाले सार्वजनिक गरेको मनोनयनमा लियोनल मेस्सी र ज्लाटन इब्राहिमोबीच गोल परेको हो ।
यस्तै अवार्डका लागि माथिउस कुन्हा, एनजोयो अजारा, फाबियो, जुवानफर क्विनटेरो, यमी रोड्रीगेज, विलि सिम्पसन, आन्द्रोस टाउनसेन्ड र डानिल सोरीको गोल मनोनयनमा पर्न सफल भएको छ ।
अवार्ड विजेताको घोषणा सेप्टेम्बरमा गरिने फिफाले जनाएको छ ।