एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । आईतबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदान जित निकाल्ने क्रममा एट्लेटिको मड्रिडका लागि अल्भारो मोराटाले विजयी गोल गरेका थिए ।
२३ औ मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिको मड्रिडलाई खेलमा विजयी गराएका हुन् ।

जर्ज मोलिना ३८ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली गेटाफे १० खेलाडीमा सिमिति बनेको थियो ।
४२ औ मिनेटमा रिनन लोनी दोहरो पहेलो कार्ड खादै मैदान छाडेपछि एट्लेटिको समेत १० खेलाडीमा झरेकाे थियो । उनले एक मिनेटको अन्तरमा दुई पहेलो कार्ड खाएका थिए ।
५६ औ मिनेटमा एट्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो । तर मोराटा पेनाल्टीमा चुकेपछि एट्लेटिकोले अग्रता दोब्बर पार्ने मौका गुमाएकाे थियो ।
जितपछि एट्लेटिको लिगमा स्पष्ट ३ अंक जोडेको छ ।
आईतबार रातिनै भएका अन्य खेलमा रियल भालाडोलिडले रियल बेटिसलाई २–१ ले हरायो । सेभिल्लाले स्प्यानियोललाई २–० र डिपोर्टिभो आल्भेसले लेभान्तेलाई १–० ले पराजित गर्यो ।