एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा नव प्रवेशी क्लब सेफिल्ड युनाईटेडले पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा क्रिष्टल प्यालेसलाई १-० अन्तरले पराजित गर्दै सेफिल्डले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा सेफिल्डलाई जित दिलाउन जोन लुन्ड्सट्रामले निर्णायक गोल गरे । उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सेफिल्डले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा सेफिल्डले बराबरी खेलेको थियो ।
क्रिष्टलको यो पहिलो हार हो । पहिलो खेलमा बराबरी खेलेको क्रिष्टलको १ अंक रहेको छ ।