काठमाडाै । भुटानमा आयोजना हुने साफ यू–१५ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपका लागि प्रदेश ५ बाट १७ खेलाडी छनोट भएका छन् ।
प्रदेश नम्बर ५ ले आईतबार साफ महिला फुटबलका लागि १७ खेलाडी टुङ्गो.लगाएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियाेगिताका लागि खेलाडीको प्रारम्भिक छनोट गर्न जिल्ला फुटबल संघलाई परिपत्र जारी गरेको थियो । सोही अनुसार प्रदेश ५ ले १७ खेलाडी छनोट गरेको हाे ।
देशभरका जिल्ला र प्रदेश हुँदै केन्द्रबाट अन्तिम खेलाडी छनोट गर्ने एन्फाको तयारी छ ।
प्रदेश ५ अन्तर्गत महिला खेलाडीहरु दाङ, रुपन्देही, बर्दिया, नवलपरासी र बाँकेबाट छनोट भएको हुन् ।
‘पाँच नम्बर ५ बाट केन्द्रका लागि १७ खेलाडी छनोट गरेका छौं ।’ प्रदेश पाँचका महिला टिमका मुख्य प्रशिक्षक युवराज शाहिले भने ।
एन्फाको नियम अनुसार प्रदेशबाट केन्द्रमा आउने खेलाडीको खाना बस्ने खर्च जिल्ला फुटबल संघले ब्यर्होनु पर्नेछ । सोही कारण केन्द्रिय छनोटमा जाने खेलाडीको संख्या एकिन भन्न नसकिने शाहीले बताए ।
‘खेलाडी काठमाडौं जादाँ खाना र बस्न जिल्लाले हेर्नुपर्ने नियम छ । त्यसैले कति खेलाडी काठमाडौं आउँछन्, त्यो अन्तिम समयमा थाहा हुन्छ ।’ उनले भने ।
भुटानमा आयोजना हुने साफमा नेपाल सहित बंगलादेश, भारत, भुटान र श्रीलङ्काले सहभागीता जनाउने छन् ।
प्रतियोगिता असोज २२ बाट २८ सम्म भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथान रंगशालामा आयोजना हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु-१५ महिला टिमको मुख्य प्रशिक्षकमा राकेश श्रेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलरक्षक प्रशिक्षकमा मीन बस्नेतलाई जिम्मेवारी दिएको छ ।

प्रदेश ५ बाट छनोट भएको खेलाडी :
१) अन्जली थारू
२) दिया सुबेदी
३) सुरक्षा सुखियाँ
४) मनिषा सुनार
५) सपना थापा
६) आयुषा बस्याल
७) रीतु तामाङ
८) यशोरिया बमेल
९) ममता पुनमगर
१०) अन्जना पुनमगर
११) प्रतिक्षा भण्डारी
१२) संगिता बिश्वकर्मा
१४) जुना खनाल
१५) चाँदनी सेन ठकुरी
१६) जुनु मगर
१७) भिम कुमारी बुढा