एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर अब्दु डियालोले यूवा फरवार्ड केलियन एमबाप्पेको खेल परिपक्क भईसकेको बताएका छन् ।
फ्रेन्च डिफेन्डर डियालोले मोनाकोमा रहदै एमबाप्पेको खेल परिपक्क रहेको बताउँदै पीएसजी आएपछि उनको खेल अझै उत्कृष्ट भएको बताए ।
'जब म मोनाकोमा थिए । उ निकै कलिलो उमेरका थिए । अहिले पनि कलिलै छ,' सेन्टर डिफेन्डर डियालोले भने, 'उ हुर्कदैछ । उसले आफ्नो कद बढाएको छ । पक्कैपनि उ अझ परिपक्क भएको छ ।'
विश्वकप विजेता २० वर्षे यूवा फरवार्ड एमबाप्पेले गत सिजन ३३ लिग गोलसहित कुल ३९ गोल गरेका थिए । गत सिजन पीएसजीले उपाधि जित्दा एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यस्तै डिफेन्डर डियालोले पीएसजी रोज्नु उनको सहि निर्णय भएको बताए ।
'खेलमा उ वास्तविक हत्यारा हुन् । मोनाको छाड्दा उनमा त्यी गुणहरु थिएन् । तर, उनले धेरै गोलहरु गरे । अहिले उ सबैभन्दा राम्रो ठाउँमा छन्,' डियालोले भने ।