काठमाडौं । नेपालीहरुको ठुलो चाँड दशैँको अवसरमा युएईको दुबईमा दशैँ कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
हिमाल रेमिट युएईको आयोजनामा हुने प्रतियोगिता सेप्टेम्बर २७ मा हुनेछ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
विजेताले ४ हजार १ सय ११ नगद र खसी प्राप्त गर्ने छन् । यस्तै उपविजेताले २ हजार ५ सय नगद र खसी प्राप्त गर्नेछन् ।
यस्तै उत्कृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, डिफेन्स, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।