एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो खेलमा आज (शनिबार) रियल मड्रिडले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।
उपाधि दाबेदार मानिएको रियलले सेल्टासँग उसैको मैदानमा खेल्नेछ । रियल र सेल्टाबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
जिनेदान जिदानको रियल घरेलु टोलीविरुद्ध मैदान उत्रदा सुखद सुरुवात गर्ने योजनामा हुनेछ । अघिल्लो सिजन उपाधिको नजिक पुग्न नसकेको रियलले यस सिजन भने उपाधिमा नजर लगाएको छ । त्यसका लागि रियल सेल्टाविरुद्ध जित निकाल्दै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।
तर, यसै सिजन क्लब आएका इडेन हजार्डले चोट बोकेपछि रियल केहि दबाबमा रहेको छ । तिघ्राको चोट बोकेका हजार्ड कम्तिमा तीन हप्ता मैदान बाहिर रहने छन् ।
यस्तै रियल घरेलु टिमविरुद्ध शतर्क भएर खेल्नेछ । किनकी सेल्टा पनि निकै सन्तुलित टिम रहेको छ । सेल्टालाई घरेलु समर्थकको साथ रहनेछ । सेल्टा रियलविरुद्ध अप्रत्याशित नतिजाको योजनामा छ ।
दुईबीचको पछिल्लो १० भिडन्तमा रियल हाबी हुने देखिन्छ । सेल्टाविरुद्धको पछिल्लो १० भेटमा रियलले ९ जित १ बराबरी खेलेको छ ।
ला लिगा अन्तर्गत नै शनिबार भ्यालेन्सियाले रियल सोसिडाड, मालोर्काले इबर, लेगानेसले ओसासुना र भिल्ला रियलले ग्रानडासँग खेल्नेछ ।