एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड एन्थोनी मार्सियलले ९ नम्बरको जर्सी लगाउने भएका छन् ।
बेल्जियमका फरवार्ड रोमेरो लुकाकुले क्लब छाडेपछि उनले प्रयोग गर्दै आएको ९ नम्बरको जर्सी मार्सियलले लगाउने भएका हुन् ।
युनाईटेडले शुक्रबार सामाजिक संजालबाट ९ नम्बरको जर्सी मार्सियलले लगाउने जानकारी गराएको छ । मार्सियलले गत सिजन ११ नम्बरको जर्सी लगाएका थिए ।
मार्सियलले सन् २०१६/१७ को सिजन पनि ९ नम्बरको जर्सी लगाएका थिए । तर, लुकाकु क्लबमा आएपछि मार्सियलले ११ नम्बरको जर्सी प्रयोग गर्दै आएका थिए ।