• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
खेलाडीको 'डाइट' - एउटा स्याउ र दुई केरा !
नमीन ढकाल
बुधबार, साउन २२, २०७६ नमीन ढकाल
खेलाडीको 'डाइट' - एउटा स्याउ र  दुई केरा !

काठमाडौं । दिउँसोको ४  बजिसकेको थियो ।

घाम अस्ताउने तरखरमा थियो ।

सातदोबाटोस्थित एन्फा मैदानमा अभ्यासको लागि महिला खेलाडीहरु  आउने क्रम चलिरहेको थियो ।

केहि आईसकेका थिए । केहि आउन बाँकि थियो । केहि खेलाडी ड्रेस चेन्ज गर्दै थिए ।

घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल टिमको तयारी ५ बजे पछि हुने तालिका थियो ।

साेही मैदानमा क्विक्स कप चलिरहेको कारण महिला टिमको प्रशिक्षण साँझ ५ बजेपछि राखिएको थियो ।

प्रशिक्षणका लागि महिला खेलाडीहरु एन्फा कम्प्लेक्स छिर्दै गर्दा एक जुनियर खेलाडी एन्फाको गेटबाट बाहिर निस्किदै थिईन । प्रशिक्षण सुरु हुनै लाग्दा एक खेलाडी गेटबाट निस्किएपछि मलाई जिज्ञासा लाग्यो ।

अभ्यास सुरु हुन लाग्यो त, कता जान लाग्यौ ? मैले सोधे ।

‘दाई भोक लाग्यो, बाहिर पोलेको मकै खान जान लागेको,’ उनले भनिन् ।

राष्ट्रिय टिममा पर्ने लक्ष्य बनाएर प्रशिक्षणमा आएकी उनको यो रहर थिएन । करिब २ घण्टाको कडा प्रशिक्षणको लागि उनको तयारी थियो ।

किनकी भोक-भोकै कडा प्रशिक्षण गरेर राष्ट्रिय टिममा स्थान बनाउन सहज छैन ।

भोकै टिमका सिनियर खेलाडीसँग कडा प्रशिक्षण गर्न कठिन भएकाे हुनुपर्छ । उनी त एक उदाहरणको पात्र मात्रै हुन् ।

एन्फा परिसरको बाटोमै रहेको मकै पसल र चटपटे पसलमा अन्य खेलाडीको पनि भीड हुने गर्छ । सबै खेलाडीको समस्या एउटै छ ।

अधिकांस महिला खेलाडी साँझमा हुने प्रशिक्षण खाली पेटमै गर्न बाध्य छन् । किनकी अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई पर्याप्त 'डाइट' उपलब्ध गराउन सकेको छैन ।

एन्फाले २ घण्टाको तयारी पछि खेलाडीलाई दिने 'डाइट' भनेको सुप, दुई केरा, एक स्याउ र एक पाउरोटी मात्र हो । एन्फा भने भोकै प्रशिक्षणमा होमिने खेलाडीबाट स्वर्ण ल्याउने सपना देखेको छ ।

एन्फाले पर्याप्त 'डाइट' उपलब्ध नगराएपछि कतिपय खेलाडी घरमै खाजा खाएर आउने गर्छन । तर, प्रशिक्षणमा आउने खेलाडी सबै व्यबसायिक खेलाडी छैनन् ।

कतिपय राष्ट्रिय टोलीका खेलाडी अझै अभ्यासको लागि सार्वजनिक गाडीको सहारामा प्रशिक्षण स्थल आउने र जाने काम गर्छन् । विभागीय टिमका खेलाडी त विभागको ट्रेनिङ सकेर राष्ट्रिय टिमको प्रशिक्षणमा आउन बाध्य छन् ।

घरबाट खाजा खाएर सार्वजनिक गाडीको यात्राबाट एन्फा मैदानसम्म पुग्दा खेलाडी भोक र थकानले गलेका हुन्छन् । त्यसपछि प्रशिक्षण सुरु गर्नुअघि उनीहरुको सहारा त्यही पोलेको मकै र चटपटे हुने गर्छ ।

Image may contain: food

एन्फाले उपलब्ध गराएको डाइटले प्रशिक्षणका लागि आउने खेलाडीलाई नपुग्ने सम्बन्धित क्षेत्रमा काम गरिरहेका विज्ञहरु बताउछन् ।

राखेपको फिजियो भएर गरिसकेका फिजियोथेरापिष्ट बिक्रम न्यौपाने खेलाडीलाई दुई केरा र एक स्याउको भरमा प्रशिक्षण गराउनु उपयुक्त नभएको बताए ।

‘नेपालमा जे जति डाइट दिईन्छ त्यसले खेलाडीलाई केहि पुग्दैन । सुगरबाट बच्न खेलपछि केरा र स्याउ दिनु ठिक हो । तर,यतिले खेलाडीको प्रदर्शनमा केहि फरक ल्याउँदैन ।’ न्यौपानेले भने ।

एन्फाले उपलब्ध गराएको 'डाइट' ले नपुग्ने स्वयम खेलाडीलाई थाहा छ । तर, उनीहरु एन्फासँग यो कुरा गर्न सक्दैनन् । धेरै बोले टिममा पर्न गाह्रो हुने नियत खेलाडीले झेल्दै आएको छन् । 

राष्ट्रिय टिमकी नियमित एक सदस्यले एन्फाले डाइटमा केहि नदिने भएकै कारण आफुहरु घरमै लिने गरेका बताउँछिन् ।

‘एन्फाले डाइटको नाममा केरा र स्याउ मात्रै दिईरहेको छ । हामीलाई यतिले पुग्दैन । आफ्नो खर्चले खाने गरेका छौं,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भनिन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले सागमा सहभागी हुने २७ वटै संघको पदाधिकारीसँगको अन्तरक्रियामा भनेका थिए, ‘हामीले धेरै पदकको लागि खेल्नुपर्छ, खेलाडीलाई डाईटको कुनै समस्या हुँदैन । लिष्ट बनाएर दिनुस् । म सबै झिकाउछु ।’

तर, सदस्य सचिव सिलवालको भाषण एन्फा भित्र तयारी गरिरहेका महिला खेलाडीको हकमा लागु भएको छैन ।

Image may contain: fruit and food

महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले एन्फाले उपलब्ध गराउने 'डाइट' खेलाडीलाई नपुग्ने बताउँछन् ।

‘खेलाडीलाई जति हुनुपर्ने हो त्यो छैन । अहिले एन्फाले दिने त्यति हो । अब क्याम्प भएपछि केहि राम्रो होला,’ प्रशिक्षक खड्काले भने ।

यता, महिला टिमकी संयोजक तथा एन्फाका केन्द्रिय सदस्य पेमा लामा खेलकुद परिषदबाट आउनुपर्ने डाइट नआएकाले खेलाडीले यसमै चित्त बुझाउनु परेको बताउँछिन् ।

‘राखेपबाट आउनुपर्ने आएको छैन । अहिले जति दिएका छौ । एन्फाबाट नै दिएको छ ।’ उनले भनिन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP