• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
के गर्दैछन् टी-ट्वान्टी विश्वकप खेलेका खेलाडी ?
विश्वास थापा
सोमबार, साउन २०, २०७६ विश्वास थापा
के गर्दैछन् टी-ट्वान्टी विश्वकप खेलेका खेलाडी ?

काठमाडौं । सन् २०१४ नेपाल क्रिकेटले सदैब सम्झने वर्ष हो, नेपाली क्रिकेटको खास वर्ष हो । किनकी विश्व क्रिकेटमा पाइला राखेको करिब २० वर्षपछि नेपालले आईसीसीको एक ठुलो प्रतियोगिता खेलेको थियो ।

त्यस वर्ष नेपालले बंगलादेशमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो । र, नेपालले उत्कृष्ट प्रदर्शन समेत गरेको थियो ।

विश्वकप खेल्नु अघिसम्म नेपाली क्रिकेट विश्वमा गुमनाम जस्तै थियो । तर, विश्वकपको सहभागिताले नेपाली क्रिकेट विश्वभर फैलिएको थियो । अझ, भनौ नेपालमा क्रिकेट खेलको लोकप्रियता चुलिएको थियो।

बंगलादेशको विश्वकपपछि नेपालले अन्य संस्करणको विश्वकपमा स्थान बनाउन सकेको छैन । पहिलो सहभागितामा भने नेपालले ३ खेलमा २ जित निकालेको थियो । तर, नेट रनरेटको आधारमा नेपाल अघिल्लो चरणमा पुग्न बन्चित भएको थियो ।

प्रतियोगितामा हङकङ र अफगानिस्तानलाई पराजित गरेको नपालले आयोजक टेस्ट राष्ट्र बंगलादेशसँग पराजित भएको थियो । यस समूहबाट बंगलादेशले अर्को चरणमा स्थान बनाएको थियो ।

विश्वकप खेलेसँगै नेपाली क्रिकेटले ठुलो फड्को मार्ने अनुमान गरिएको थियो । तर, दुर्भाग्य त्यसको केहि वर्ष पछि नेपाल क्रिकेट संघ (क्यान) आईसीसीबाट निलम्बनमा परेको थियो ।
राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले गरेको निलम्बन तत्काल फुकुवा हुने सम्भावना छैन् ।

Image result for icc t20 world cup 2014 nepal

बंगलादेश विश्वकपमा नेपालको जर्सी लगाएका कतिपय खेलाडीले क्रिकेट छाडिसकेका छन् । कतिपय खेलाडी विदेश पलायन भएका छन् । केहि खेलाडीले भने देशको जर्सी अझै लगाईरहेका छन् ।

नेपालको विश्वकप क्रिकेटको ऐतिहासिक यात्रामा रहेका क्रिकेट खेलाडीहरु अहिले के गर्दैछन् त ? धेरैको चासोको विषय बनेको छ ।

विश्वकप खेलेका १५ सदस्सीय नेपाली टिमका खेलाडीको अवस्थाबारे तल वर्णन गरिएको छ ।

१. पारस खड्का (कप्तान)

बंगलादेशमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकपमा नेपालको कप्तानी पारस खड्काले गरेका थिए । कप्तान पारस अझै नेपाली क्रिकेट टिमको कप्तानी गरिरहेका छन् ।

नेपाली क्रिकेटमा उनी एक खम्बा मानिन्छ । उक्त विश्वकपमा कप्तान पारसले ३ खेलमा ८३ रन जोड्नुका साथै १ विकेट हात पारेका थिए ।

२. ज्ञानेन्द्र मल्ल

बंगलादेश विश्वकपमा ज्ञानेन्द्र मल्ल मुख्य खेलाडी थिए । हाल मल्ल नेपाली टोलीका उपकप्तान रहेका छन् । उक्त विश्वकपमा उनले ३ खेलमा ८३ रन बनाएका थिए ।

३. प्रदिप ऐरी

आईसीसी टी-ट्वान्टी विश्वकपमा प्रदिप बेन्चमा रहेका थिए । विकेटकिपरको भूमिका निर्वाह गर्ने प्रदिपको स्थानमा सुबास खकुरेल खेलेका थिए । प्रदिप अहिले राष्ट्रिय टिममा रहेका छन् ।

४. विनोद भण्डारी

विनोद अहिले पनि नेपाली राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । टी-ट्वान्टी विश्वकपमा उनले ३ खेलमा ५ रन बनाएका थिए ।

५. बसन्त रेग्मी

बंगलादेश विश्वकपमा बसन्त नेपालका मुख्य बलर थिए । बसन्तले उक्त विश्वकपको ३ खेलमा नेपालका लागि सर्वाधिक ५ विकेट हात पारेका थिए । बसन्त अहिले पनि नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

६. सोमपाल कामी

सोमपालले बंगलादेश विश्वकपबाटै अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले पछाडी फर्केर हेर्नु परेको छैन । उनि नेपाली टोलीका नियमित सदस्य हुन् ।

सोमपाल नेपालको भरपर्दा अलराउण्डर हुन् । उक्त विश्वकपमा सोमपालले ३ खेलमा ४ विकेट हात पारेका थिए ।

७. शरद भेषवाकर

शरद नेपाली क्रिकेटका भरपर्दा ब्याट्सम्यान हुन् । शरद नेपाली टोलीका नियमित सदस्य हुन् । उक्त विश्वकपमा उनले ३ खेलमा सर्वाधिक ९१ रन बनाएका थिए ।

८. जितेन्द्र मुखिया

बंगलादेश विश्वकपमा योर्कर किङको उपनाम पाएका मुखिया अहिले नेपाली टोलीमा छैनन् । उक्त विश्वकपमा उनले ३ खेलमा ४ विकेट हात पारेका थिए । अफगानिस्तानविरुद्ध उनी म्यान अफ द म्याच घोषित भएका थिए ।

तर,चोटका कारण मुखिया विश्वकपपछि लामो समय मैदान बाहिर रहे । उनी अहिले घरेलु लिगमा भने मैदान फर्किएका छन् ।

९. सुबास खकुरेल

खकुरेल आईसीसी टी-ट्वान्टी विश्वकपमा अर्धशतक बनाउने एक मात्र खेलाडी हुन् । यस्तै उनी अन्तराष्ट्रिय टी-ट्वान्टीमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी हुन् ।

अफगानिस्तानविरुद्ध विश्व टी-ट्वान्टीमा ५६ रन प्रहार गर्दै खकुरेलले उक्त कीर्तिमान बनाएका थिए । तर, खकुरेल पछिल्लो समय चोटका लागि टिम बाहिर रहेका छन् ।

खकुरेलले अन्तिम पटक सन् २०१८ को एसिया कपमा हङकङविरुद्ध खेलेका थिए ।

१०. सागर पुन

सागर अहिले नेपाली टोलीमा छैनन् । तर, विश्वकपमा उनले ३ खेलमा ३३ रन बनाएका थिए । गत संस्करणको एभरेस्ट प्रिमियर लिगमा चोट लागेका कारण उनी लामो समय मैदान बाहिर रहेका छन् ।

११. शक्ति गौचन

बंगलादेश विश्वकपमा निकै चर्चित गौचनले क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् । नेदरल्याण्डविरुद्ध एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै गौचनले सन्यास घोषणा गरेका थिए ।

विश्वकपमा उनले 'शक्ति द पावर' उपनाम पाएका थिए । नेपाली टोलीमा त्यस समयका भरपर्दा स्पिनर गौचनले ३ खेलमा सर्वाधिक ५ विकेट हात पारेका थिए । हङकङविरुद्धको खेलमा उनी म्यान अफ द म्याच घोषित भएका थिए ।
अहिले उनी यू-१९ राष्ट्रिय टोली र घरेलु क्लबमा कन्सल्ट्याण्टका रुपमा काम गर्दै आएका छन् ।

१२. अमृत भट्टराई

विश्वकप टिममा रहेका भट्टराईले मैदान उत्रन भने पाएनन् । हाल उनी अस्ट्रेलियामा रहेका छन् । घुँडाको चोटका कारण लामो समय क्रिकेटबाट टाडा रहेका उनी हाल अस्ट्रेलियाको तास्मेनिया विश्वविद्यालयबाट घरेलु लिग खेल्ने तयारीमा रहेका छन् । यसअघि उनले पर्थबाट एक सिजन खेलेका थिए ।

१३. नरेश बुढाएर

विश्वकप टोलीका सदस्य रहेका बुढाएर हाल क्यानडामा रहेका छन् । नेपालको पूर्व प्रशिक्षक पुबुदु दसनायकेको पहलमा उनी क्यानाडा पुगेका हुन् । उनी दसनायकेको एकेडमीमा क्रिकेट प्रशिक्षण गरिरहेका छन् ।

उक्त विश्वकपमा उनले २ खेलमा २ रन बनाएका थिए ।

१४. राहुल बिश्वकर्मा

राहुल उमेर समूहमा निकै सफल खेलाडी हुन् । दाँया हातले ब्याटिङ गर्ने उनी बाँया हातले स्पिन बलिङ गर्ने क्षमता राख्दथे ।

नेपालले खेलेको एक मात्र विश्वकपको टिममा रहेका उनले मैदान उत्रने मौका भने पाएनन् । निरन्तर राष्ट्रिय टोलीको क्याम्पमा परे पनि अन्तिममा टिमबाट बाहिरिने खेलाडीमा उनी पर्छन ।
अहिले क्रिकेटबाट टाढा रहेका उनी व्यवसाय गर्दै आएका छन् ।

१५. अनिल मण्डल

अघिल्लो क्रममा ब्याटिङ गर्ने अनिल विश्वकप टोलीमा रहेका थिए । तर, उनले मैदान उत्रने मौका पाएनन् ।

राष्ट्रिय टोलीमा नरहेका अनिल अहिले घरेलु लिग खेल्दै आएका छन् । उनले आठौ राष्ट्रिय खेलकुद खेलेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानको केन्द्रीय करार सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय करार सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
क्यानको केन्द्रीय करार सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय करार सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP