• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
ब्रिजेश, संघर्ष र पुनरागमन !
नमीन ढकाल
शनिबार, साउन १८, २०७६ नमीन ढकाल
ब्रिजेश, संघर्ष र पुनरागमन !
बिग्रेड ब्वाइजकाे जर्सीमा ब्रिजेश चाैधरी । फाेटाे : खेलपाटी ।

काठमाडौं । १८ महिना अघिको कुरा हो । ब्रिजेशको खेल्ने क्रममा खुट्टाको लिगामेन्ट गयो । उनी थला पर्न पुगे । जब उनले चोट बोके, खेलमा फर्कने आश मारिसकेका थिए । उनलाई खेल्ने सम्भावना सकिए जस्तो लाग्न थालेको थियो । खुट्टा चल्न छाडेपछि खेलाडी पलायन हुनुपर्ने तितो यथार्थ उनले देखेका थिए । घर परिवारले समेत फुटबलमा नलाग्न भन्न थाले । सानैदेखि फुटबलसंग अभ्यस्त भएका उनी फुटबल छाड्न भने सक्दैन थिए ।

उनै ब्रिजेश झण्डै हप्ता दिन अघि राजधानीमा सकिएको ललित स्मृति च्याम्पियनसिपमा सर्वोकृष्ट फरवार्डको रुपमा देखा परे । ब्रिगेड ब्वाईजलाई उपाधि दिलाउन नायकत्व प्रर्दशन गरेका उनी प्रतियोगिता अवधिभर आफ्नो प्रभाव छाड्न सफल भए । सप्तरी घर भएका ब्रिजेश एन्फा एकेडेमीका उत्पादन हुन् । चोट मुक्त हुदै मैदान फर्किएका उनले खेल जिवनमा एक उत्कृष्ट पुनरागमन गर्न सफल देखिए ।

मैदान फर्कनु अघि उनले पर्याप्त तयारी गरेका भने थिएनन् । तर ललित स्मृतिको पहिलो खेलमा सरस्वतीविरुद्व मैदान उत्रर्दा उनले लोभलाग्दो प्रर्दशन गरे । पहिलो खेलमा ह्याट्रिक गर्न सफल रहे । अनि प्रतियोगिताभर ८ गोल गर्दै सर्बाधिक गोलकर्ता भए ।

‘पहिलो खेलमै ह्याट्रिक भयो । त्यसपछि भने मलाई खेल्न केहि सजिलो भयो । मैले सोचेको पनि थिईन, पुनरागमन यति सजिलो हुन्छ भनेर ।’ ब्रिजेशले खेलपाटीसंग भने ।

‘मैदानमा फर्किएको दिनको अनुभव शब्दमा बयान गर्न सक्दिन ।’ उनी भन्छन् ।

नेपालमै आयोजना भएको एएफसी यू–१६ छनोट खेल्दा ब्रिजेशले खुट्टामा चोट बोकेका थिए । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको थियो । तर पनि प्रशिक्षक सुनिल श्रेष्ठले युवा स्टार ब्रिजेशलाई मैदान बाहिर राख्न  खाेजेनन् ।

प्रशिक्षकको निर्णयलाई सहि सावित गर्दै उनले खेलको पहिलो हाफमै प्यालेस्टाईनविरुद्ध अग्रता नदिलाएका पनि हैनन् ।

खेलाडीलाई चोट बोक्ने मन कहाँ हुन्छ र ?

खेलको दौरान ब्रिजेश हेडिङ गर्ने समय बिपक्षी खेलाडीसँग ठोक्किदै मैदानमा बजारिन पुगे । उनलाई तत्काल मैदानबाट निकालियो । खेलमा नेपाल प्यालेस्टाईनसँग २–१ गोल अन्तरले पराजित भयो ।

सुरुमा चोट सामान्य देखियो । तर बिस्तारै सताउन थाल्यो । शल्यक्रिया गर्न पर्ने भयो । त्यो समय उनी एन्फा एकेडेमीबाट निस्किसकेका थिए ।
शल्यक्रियाका लागि उनी ग्राण्डी हस्पिटल पुगे । एन्फा होस्टेल छाडेका उनी टेकुस्थित दाजु अमितसंग बस्न थालेका थिए । त्यही समय हो, दाजुले उनलाई पर्याप्त सहयोग गरेकाे ।

घाईते हुनुको पिडा भन्दा साथीका व्यवहारले उनको मन कटक्क खायो । आफ्नै साथीको व्यवहार फेरिदै गयो । आफ्नै ब्याजका साथीहरु बोल्न छाडे । बोल्दा झर्कन थाले । साथीहरुले बिस्तारै साथ छाडे । तर उनले हरेश भने खाएनन् । समयले सबै चिजको परिक्षा लिने रैछ, उनले बुझ्दै गए ।

‘जव म बिरामी भए । साथीहरु पनि टाढा भए । आफुलाई गाह्रो पर्दा यस्तै हुनेरहेछ ।’ पुराना दिन सम्झिदै ब्रिजेश भन्छन् । तर अहिले भने समय फेरिएको छ । साथीहरु नजिक हुन थालेका छन् । उनको पुनरागमनमा चर्चा फुटबल वृत्तमा व्यापक छ ।

ब्रिजेशलाई घाँईते हुँदा फुटबल जिवनबाट टाढिन्छु भन्ने पिर लागेको थियो । घर परिवारमा चर्चा नचलेको पनि हैन । तर मनले ब्रिजेशलाई फुटबलबाट ढाटिन कहाँ दिन्थ्यो र ?

‘घाईते भएर बस्दा रोहित दाई (रोहित चन्द) र बिक्रम दाई (बिक्रम लामा) ले धेरै सहयोग गरे । उनिहरुले मनोबल बढाउने काम गरे । त्यसैले गर्दा खेल छाड्न मन लागेन ।’ ब्रिजेश भन्छन् ।

‘खेल छाड्नु हुँदैन । मेहनत गर्नुपर्छ । मेहनत गरे जे पनि हुन्छ भनेर दाजुहरुले हौसला दिए । मेहनत पनि गरे ।’ उनी भन्छन्, ‘घाईते भएको बेला साथीहरुले पनि बोल्न छाडे । हेप्न थाले । त्यसले पनि केहि गर्नुपर्छ भन्ने ईखले फुटबलमा संघर्ष गर्न सफल रहे ।’

चोटले लामो समय थलिएका ब्रिजेश फुटबलमा फर्कन सकेका छन् । तर उनलाई अब घाईते हुने मन छैन । उमेरले सकुन्जेल फुटबल खेलिरहन मन छ ।

ब्रिजेश काठमाडाै‌ छिरेको धेरै भएको छैन । ४ बर्षअघि सप्तरी कुशाहाका ब्रिजेशले काठमाडौं टेकेका थिए । स्थानीय प्रशिक्षक सुजित चौधरीकै कारण उनले एन्फा एकेडेमीसम्मको यात्रा तय गरे । उनी आजको दिनमा जहाँ छन्, यसको सम्पुर्ण श्रेय सुजितलाई जान्छ ।

प्रशिक्षक सुजितले ब्रिजेशलाई एन्फा एकेडेमीसम्म आउने बाटो देखाई दिएका थिए । बाँकी यात्रा ब्रिजेश आफैले तय गरे । सुजितकै निर्देशन अनुसार ब्रिजेश सप्तरी, इटहरी जिल्ला छनोट हुँदै एन्फा एकेडेमीसम्मको यात्रा तय गरे । एन्फामा फुटबलको कला तिखार्ने मौका पाए । फुटबल सिप र कला अझै तिखार्नुपर्ने ब्रिजेशलाई लागेको छ । तर काठमाडौंको एउटा गल्लीमा बसेर ज्यान पाल्न गाह्रो छ । ब्रिजेशले पछिल्ला १८ महिनामा जिवनलाई नजिकबाट पढेका छन् ।

फुटबललाई जिवन सम्झिएर, देशको झण्डालाई सपनामा सजाएर अघि बढेका ब्रिजेशले पहिलो गाँसमै ढुङ्गा भेटे । घाईत हुदाँ उपचार खर्च नपाएर तड्पिनुको नमिठो व्यथा उनले भोगेका छन् ।

एक मनले विदेशमा पलायन हुने नसोचेका पनि हैनन । तर उनलाई पहिलो प्रेमले रोक्यो । उनले फुटबलसंग पहिलो प्रेमको बाचा गरिसकेका थिए । उपचार खर्च नहुदाँ उनले विदेश जाने धेरै योजना नबनाएका हैनन । तर उनले फुटबल छाड्न सकेनन् । फुटबलले उनलाई टाढा हुनै दिएन ।

उपचार गर्न उनले शाहुसंग ऋण लिए । खेलेरै ऋण तिर्न सक्ने अवस्था अझै बनेको छैन । देशका लागि खेल्दा घाईते भए । खुट्टाको शल्यक्रिया गरे । झण्डै ४ लाख खर्च भयो ।

उपचार खर्चको नाममा उनले एन्फाबाट २५ हजार र राखेपबाट १ लाख नपाएका होईनन् । तर कमजोर आर्थिक हैसियत भएका ब्रिजेशलाई बाँकी पैसा जुटाउनै हम्मे हम्मे पर्यो । पैसा नपुगेपछि उनले एन्फाका ढोका–ढोका नपुगेका हैनन् । तर ‘चेन्ज एन्फा’को नाराभित्र उनले उपचारका लागि पाउने सहायता पर्दैन थियो क्यारे ।

उपचारका लागि लिएको ऋण अब फुटबल खेलेरै तिर्ने उनको योजना छ । आउँदो सिजन उनी ए डिभिजन लिगमा ब्रिगेड ब्वाईजबाट खेल्दैछन् । सानो क्लबबाट लिग खेल्दै ठुला क्लबको नजरमा पर्ने उनकाे चाहना छ । उनी पैसाको जोहो गरेर उपचार गर्दा लागेको ऋण तिर्न चाहन्छन् ।

ब्रिजेश विश्व फुटबलमा आफ्नो ‘आईडल’ बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई मान्छन् । उनकै खेल पछ्याउने गर्छन् । गोल गर्दा पनि सेलिब्रेशनमा मेस्सीकै शैली अपनाउछन् ।

यता घरेलु फुटबलमा भने उनको ‘आईडल’ विमल घर्ति मगर हुन् । विमल जस्तै सानै उमेरमा नाम कमाउन उनलाई मन छ । अझ राष्ट्रिय टिममा विमलसँग अग्रपंक्तिमा खेल्ने उनको धोको छ ।

ब्रिजेशले युथ स्तरमै ताजकिस्तानमा र श्रीलङ्कामा भएको यू–१४ फेस्टिबलमा खेलिसकेका छन् । नेपालमै आयोजना भएको साफ यू–१५ च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गरिसकेका छन् । फाईनल सहित प्रतियोगिता अवधिभर उनले ४ गोल गरेका थिए । तर देशलाई उपाधि दिलाउन भने असफल रहे ।

ब्रिजेश फुटबलको ‘टर्निङ प्वाइन्ट’ सन् २०१७ लाई मान्छन् । हलचोकमा भएको एएफसी छनोटमा तीन खेलमा उनले तीनै गोल गरेका थिए । तर नेपाल दोस्रो चरणमा छनोट हुन सकेन ।

दक्षिण एसियाको बलियो टिम भारतविरुद्व नेपालले २–२ गोलको बराबरी खेलेको थियो । दुवै गोल ब्रिजेशले गरेका थिए । सुरुवातमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका ब्रिजेशले अन्तिममा बराबरी गोल समेत फर्काएका थिए । त्यही समय हो ब्रिजेशले आफुलाई सम्भावित स्टार खेलाडीको रुपमा घरेलु फुटबलमा उभ्याएको ।

फेरी एक पटक नेपालले साफ यु–१८ च्याम्पियनसिपको आयोजना गर्दैछ, घरेलु मैदानमा । दुई बर्ष अघि हलचोकको एपीएफ मैदानबाट चोट बोक्दै ब्रिजेश बाहिरिएका थिए । तर उनी फेरी अझ बलियो भएर मैदान फर्किएका छन् । उमेर समुहको साफ जित्दै ब्रिजेश आफ्नो पुनरागमनलाई सार्थक बनाउन चाहन्छन् ।

याे पनि, ब्रिजेशकाे भिडियाे कथा :

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP