• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ब्याट्सम्यानको रुपमा विकास गर्नुपर्ने ५ खेलाडी
विश्वास थापा
शुक्रबार, साउन १७, २०७६ विश्वास थापा
ब्याट्सम्यानको रुपमा विकास गर्नुपर्ने ५ खेलाडी

काठमाडौँ । नेपाली क्रिकेटको मुख्य कमजोरी के होला ? प्रश्न जो कोहीलाई सोधे पनि पाउने एउटै जवाफ हो, ब्याटिङ । सायदै कसैले यस जवाफमा विमती राख्लान् ।

नेपाली क्रिकेटमा ब्याटिङ मुख्य कमजोरी रहँदै आएको छ । ब्याटिङकै कारण नेपालले थुप्रै खेल हारेको छ । कतिपय खेलमा सामान्य लक्ष्य पछ्याउने क्रममा पराजित भएको ईतिहास छ । कुनै खेलमा लक्ष्यनै थोरै प्रस्तुत गरेका रेकर्ड छन् ।

कुनै टिमको ब्याटिङ नचल्नु सामान्य नै हो । खेल सधैं एकैनास हुँदैन ।

नेपाली राष्ट्रिय टिममा मुख्य ब्याट्सम्यानको रुपमा करिब ६-७ बर्ष अनुभब बटुलेका खेलाडी छन् । केहि नयाँ युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै भविष्यमा प्रभाव छाड्ने स्पष्ट संकेत गरेका छन् । तर पनि नेपाली क्रिकेटलाई अघि बढाउन उमेर समुहबाटै खेलाडीको विकास गर्नुपर्ने देखिन्छ ।

नेपाली खेलाडीमा प्रतिभाको कमि छैन । आउने बर्षमा नेपालले आफ्नो ब्याटिङ पक्ष साँच्चिकै बलियो बनाउने हो भने ग्रास रुटदेखि नै सोच्नु पर्ने बेला आएको छ ।

यही सेरोफेरोमा खेलपाटी टिमले यु–१९ राष्ट्रिय क्रिकेट हुँदै सिनियर टोलीमा प्रभाव पार्न सक्ने ५ सम्भावित खेलाडीको सुचि प्रस्तुत गरेको छ ।

१. इशान पाण्डे

स्यांङ्जामा जन्मिए पनि भारतको उत्तराखण्डमा क्रिकेट सिकेका इशान सन् २०१६ को यू–१९ विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै बंगालदेश भ्रमण गरेका थिए । प्रतियोगितामा खेल्ने मौका नपाए पनि उनले त्यहाँ राम्रो अनुभब बटुल्ने मौका पाए ।

भारतमा क्रिकेट सिकेका कारण उनीमा छिमेकी देशको क्रिकेटको प्रभाव छ । घरेलु प्रतियोगितामा खासै जम्न नसकेका इशान अन्तिम संस्करणको पीएम कपमा धमाका मचाएका थिए ।

प्रतियोगितामा उनी प्रदेश ३ बाट खेलेका थिए । टिमको नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरेका थिए । उनले प्रादेशिक टिमबाट १ सय ८० रन बनाएका थिए । उनी आफ्नो टिमबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले ५ खेलमा २ अर्धशतक प्रहार गर्दै प्रतियोगिता अवधिभर सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहेका थिए । उनी भन्दा अगाडी ६ खेल खेलेका रोहित कुमार पौडेल १ सय ८८, अमित श्रेष्ठ २ सय १० र राजु रिजाल २ सय ६१ रन बनाएका थिए ।

घरेलु प्रतियोगितामा टी–ट्वान्टी फर्म्याटका खेल धेरै हुने गर्छ, सोही कारण इशानलाई खेल्न मुस्किल हुने गर्छ । तर जब लामो फम्र्याटको खेल आउँछ उनको प्रर्दशन साच्चिकै गज्जब हुने गर्छ । इशान भविष्यमा नेपाली क्रिकेटको इनिङ्स उकास्ने खेलाडीको रुपमा प्रयोग हुन सक्छन् ।

२. रित गौतम

रित गौतम नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोलीका सदस्य तथा यू–१६ टिमका पुर्व कप्तान हुन् । उनी दुई फरक उमेर समूहको क्रिकेटमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । रितले सबै प्रतियोगितामा ओपनिङ गर्दै आएका छन् । भर्खरै सकिएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा उनले नेपालका लागि ओपनिङ गर्दै ४ खेलमा १ सय ४१ रन बनाएका थिए ।

सिंगापुरविरुद्द अविजित शतकीय इनिङ्स खेलेका उनी प्रतियोगितामा शतक प्रहार गर्ने एक्ला खेलाडी बनेका थिए । रितले सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीमा चौथो तथा नेपालको दोस्रो खेलाडी बनेका थिए । प्रतियोगितामा रितको औसत ७० दशमलब ५० रहेको थियो । जुन सर्वाधिक थियो ।

त्यस्तै, उनले तेस्रो संस्करणको पीएम कपमा प्रदेश ३ का लागि ओपनिङ गरेका थिए । प्रतियोगितामा सय रन बनाएका उनी टिमका सर्वाधिक रन बनाउने तेस्रो खेलाडी थिए । उनी भन्दा अघि इशान पाण्डे १ सय ८० रन र ज्ञानेन्द्र मल्ल १ सय ४३ रन बनाएका थिए ।

तीन महिना अघि भएको आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा समेत रितको प्रदर्शन उत्कृष्ट रहेको थियो । प्रतियोगितामा उनले ३९ को औसतमा १ सय ५६ रन बनाएका थिए । र उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको पाँचौं तथा नेपालको दोस्रो स्थानमा रहेका थिए । आवश्यकता अनुसार मैदानमा शानदार प्रदर्शन गर्ने रितको खुबी हो । छोटो लक्ष्य पछ्याउने क्रममा उनी धेरै पटक अविजित फर्कने गर्छन् ।

३. खडक बोहरा

विकेटकिपर ब्याट्सम्यान खडक भर्खरै सकिएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका हुन् । खडकले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ओपनिङ ब्याटिङ गर्ने उनी आठौँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । साथै तेस्रो संस्करणको पीएम कपमा समेत उनी उदयमान खेलाडी घोषित भएका थिए ।

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा रित र पवनले ओपनिङ गरेपछि खडक तेस्रो स्थानमा ब्याटिङ गरेका थिए । चीनविरुद्दको खेलमा ब्याटिङ पालो नआएको उनले सिंगापुरविरुद्द भने शतक बनाउन १० रनले चुकेका थिए । प्रतियोगितामा नेपालबाट खडक सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् ।

ओपनिङ ब्याटिङ गर्न रुचाउने र घरेलु प्रतियोगितामा सफल रहेका उनी उमेर समुहको क्रिकेटमा छाएका खेलाडी हुन् । उनीमा सिनियर खेलाडीले जस्तै ब्याटिङ गर्ने क्षमता रहेको क्रिकेट जानकार बताउँछन् । उनलाई केही समय यू–१९ राष्ट्रिय टोलीबाट ओपनिङ गराउँदै विकास गर्ने हो भने उनी भविष्यमा सिनियर टोलीबाट ओपनिङ गर्न सक्ने क्षमता राख्छन् ।

४. बिशाल बिक्रम केसी

थाइल्याण्डमा सम्पन्न एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालका कप्तान बिशाल बिक्रम केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

नेपाललाई उपाधि दिलाउन सफल कप्तान बिशाल ’प्लेयर अफ दि टुर्नामेन्ट’ चुनिएका हुन् । फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको थियो । बिशालले प्रतियोगितामा ५ खेलमा ९३ रन बनाउदा ३ विकेट हात पर्न सफल भएका थिए ।

केही समय अघि सकिएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा यू–१९ टोलीमा उनले डेब्यु गरेका थिए । च्याम्पियन नेपाली टोलीबाट उनले अन्य खेल खेल्ने मौका भने पाएनन् ।

बिशालले धेरै खेल खेल्ने अवसर नपाएपनि उनको स्तर कुनै ब्यवसायिक खेलाडीको भन्दा कम देखिंदैन । उनले हरेक खेलमा स्थिर प्रदर्शन देखाउने गरेका छन् ।

५. हरी बहादुर चौहान

नेपालको उदाउँदो खेलाडीको सुचिमा पर्ने खेलाडी हुन्, हरि । दोस्रो संस्करणको पीएम कपमा कीर्तिमानी प्रदर्शन गरेपछि उनले पछाडी फर्केर हेर्न परेको छैन । प्रदेश ४ बाट खेलेका उनले प्रदेश १ विरुद्दको खेलमा शतक सहित ह्याट्रिक विकेट लिएका थिए । जुन घरेलु प्रतियोगिताको दुर्लभ रेकर्ड हो ।

हरिले तेस्रो संस्करणको पीएम कपमा त्रिभुवन आर्मीबाट खेल्दै प्रतियोगिता भर १ सय ५४ रन बनाएका थिए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सातौ स्थानमा रहेका थिए । र आर्मीबाट सर्वाधिक रन बनाउने चौथो खेलाडी बनेका थिए ।

सन् २०१९ को आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत युएईविरुद्दको खेलमा डेब्यु गर्दै उनले अविजित ७४ बलमा ६७ रन बनाएका थिए ।

हरिले छोटो समयमा राम्रो खेलाडीको परिचय दिएका छन् । उनी भविष्यमा नेपालका लागि मध्य क्रमको ब्याटिङ सम्हाल्ने क्षमता राख्दछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP