एजेन्सी । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो पछिल्लो समय क्लब विहीन रहेका छन् ।
गत वर्षको डिसेम्बरमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडबाट बर्खास्तमा परेपछि प्रशिक्षक मोरिन्होले क्लब पाएका छैनन् ।
कुनै क्लबले इच्छा नदेखाएपछि 'द स्पेसल वन' प्रशिक्षक मोरिन्हो अहिले पोर्चुगलको सेतुबलस्थित घरमा समय बिताईरहेका छन् ।
६ महिनाबढी क्लब विहीन बनेपछि मोरिन्हो पछिल्लो समय क्लबको खोजीमा रहेको छ । प्रशिक्षक मोरिन्हो जुलाईबाट प्रशिक्षणमा फर्कन चाहन्छ ।
स्काई स्पोर्ट्ससँग मंगलबार कुरा गर्दै प्रशिक्षक मोरिन्होले आफु फुर्सदको समयमा रमाउन नसकेको र चाडै प्रशिक्षणमा फर्कन चाहेको बताएका छन् ।
'पछिल्लो २० वर्षमा जुलाई र अगष्टको सुरुवातमा म घरमा रहेको यो पहिलो पटक हो,' मोरिन्होले भने, 'मेरा साथीहरु मलाई भन्छन् यो समयमा रमाइलो गर । तर, इमान्दार भएर भन्दा म रमाउन सकेको छैन । पर्याप्त समय हुँदा म खुशी छैन ।'
यस्तै प्रशिक्षक मोरिन्होले आफुले फुटबललाई निकै सम्झिरहेको बताए ।
'मैले मेरो फुटबललाई निकै मिस गरे । विश्वका धेरै मानिसहरु मलाई मन पराउनु हुन्छ । जसबाट म प्रेणित भएको छु,' मोरिन्होले भने ।