एजेन्सी । ईटालिनय क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले चाँडै मड्रिड फर्कने आशा ब्यक्त गरेका छन् । मड्रिडमा मार्का लिजेण्ड अवार्ड ग्रहण गरेपछि उनले सो कुरा बताएका हुन् ।
पोर्चुगलका अन्तराष्ट्रिय खेलाडीले मड्रिडमा करिब एक दशक समय बिताएका थिए । उनले मड्रिडमा रहदाँ पाँच मध्य चार वालेन डी ओर जितेका थिए ।
साथै उनले चार च्याम्पियन्स लिग, दुई ला लिगा, दुई कोपा डेल रेको उपाधि जितेका थिए । उनले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए ।
उनी गत सिजनमात्र नयाँ चुनौती लिन भन्दै युभेन्ट्स लागेका थिए । तर ईटालीको टुरिनमा रहेपनि उनले मड्रिडलाई याद गर्ने बताएका हुन् । मड्रिड छाड्न पर्दा रोनाल्डोले आफुलाई दुख लागेको उल्लेख गरेका हुन् । उनले मड्रिडमा अवार्ड लिएपछि सो कुरा खोलेका हुन् ।

‘जब मैले मड्रिड छाडे, म निकै दुखी थिए ।’ रोनाल्डोले अवार्ड कार्यक्रममा भने ।
‘म म्यानचेष्टर र मड्रिड दुवैलाई याद गर्छु । तर जिवनको उतार चढावमा मैले धेरै समय मड्रिडमा बिताए । मेरा बच्चा र केटी समेत यही जन्मिए । सोही कारण मड्रिड धेरै मन पर्छ ।’ उनले भने ।
‘यो अवार्ड मेरो संग्राहलयको निकै राम्रो ठाउँमा रहनेछ । मड्रिड मेरो लागि बिशेष छ । मैले धेरै भ्रमण गरेको छु । तर मड्रिड मन पर्ने केही सिमित शहर मध्य एक हो । यो अवार्डले मलाई मैले मड्रिडमा के गरे भन्ने बोलेको छ । यो स्पेनिस अवार्ड हो । यो मेरो लागि निकै सम्मानको कुरा हो । सबैलाई धन्यवाद, जसले मलाई यो हासिल गर्न सहयोग गर्नुभयो । यो मेरो लागि गर्वको बिषय हो । मड्रिड चाँडै फर्कने आशमा छु ।’ उनले थपे ।
रोनाल्डोले आफुलाई एक महत्वकाक्षी बच्चाको रुपमा प्रस्तुत गर्दै आगामी सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य राखेको खुलाएका छन् ।

‘मैले यो स्तरमा पुग्नेबारे कहिल्यै सोचिन । मेरो सपना सधै व्यवसायिक खेलाडी बन्नुनै थियो ।’ उनले थपे, ‘मेरा लागि सबै उपाधि महत्वपुर्ण छन् । तर सन् २०१६ को युरोपियन च्याम्पियन बन्नु मेरा लागि विशेष छ । यो सामान्य होईन । यदी तिमी तिम्रो देशका लागि केही जित्न चाहन्छौ भने त्यो सजिलो छैन । यो मेरो करियरको निकै महत्वपुर्ण उपाधि हो ।’

‘मलाई थाहा छैन, यस सिजन च्याम्पियन्स लिगको बिषयमा । तर हामी कोशिश गछौ । सधै गछौ । आशा गरौ, युभेन्ट्सले जित्नेछ ।’ रोनाल्डोले आशा ब्यक्त गरे ।