काठमाडौं । झापाको झिलझिलेमा पहिलो संस्करणको शिवसताक्षी उप मेयर कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आयोजना हुने प्रतियोगिता मंगलबारबाट सुरु हुनेछ । प्रतियोगितामा प्रदेश १ का १० टोलीको सहभागिता रहने छ । प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।
उद्घाटन खेलमा चुलाचुली महिला फुटबल टिम इलाम र सतासीधाम स्पोर्टिङ क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५१ हजार नगद पुरस्कार पाउने छन् । उपविजेताले ३१ हजार पाउने छन् ।
यस्तै सर्वोकृष्ट खेलाडीले ५ हजार पाउने छन् । त्यसबाहेक उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, इमर्जिङ खेलाडीले जनही २५ सय प्राप्त गर्ने छन् ।