एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेड लिजेण्ड प्याट्रिक इभ्राले फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
सेनेगलमा जन्मिएका फ्रान्सका ३८ बर्षे डिफेन्डर इभ्राले सोमबार २० वर्षे फुटबल करियरबाट सन्यास घोषणा गरेका हुन् । खेल जीवनमा उनले बिभिन्न क्लबबाट २१ मुख्य उपाधि जितेका छन् ।
इभ्रा फ्रेन्च क्लब मोनाकोबाट सन् २००६ मा म्यानचेस्टर युनाईटेड आएका थिए । युनाईटेडबाट उनले २७३ खेलमा ३ गोल गरेका थिए ।
इभ्राले युनाईटेडबाट पाँच प्रिमियर लिग, पाँच कम्युनिटी शिल्ड, एक च्याम्पियन्स लिग र तीन लिग कप जितेका थिए ।
इभ्रा सन् २०१४ मा इटालियन क्लब युभेन्ट्स गएका थिए । त्यहाँ उनले २ पटक इटालियन सिरी ए जितेका थिए ।
युभेन्ट्सबाट इभ्रा सन् २०१७ मा फ्रेन्च क्लब मार्सेली आएका थिए ।
इभ्राले फ्रान्सबाट १८ पटक खेलेका थिए ।
अब इभ्राले प्रशिक्षकमा करियर बनाउने बताएका छन् ।