• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मालिंगाको 'त्यो' ४ बल !
खेलपाटी संवाददाता
सोमबार, साउन १३, २०७६ खेलपाटी संवाददाता
मालिंगाको 'त्यो' ४ बल !

एजेन्सी । उनको कपाल लामो थियो अनि घुमाउरो पनि ।

एक हिसावमा त्यसलाई ‘कर्ली’ भने नि हुन्छ ।

पहिलो पटक देख्दा जो कोहीलाई उनी ‘युनिक’ लाग्छ ।

अझ उनको बलिङकाे बिशेष चर्चा हुने गर्छ । 

यत्ति भनेपछि क्रिकेट हेर्न बानी परेका जो कोहीले उनलाई चिन्छन् । जसले चिन्दैनन्, उनीहरुलाई श्रीलंकाका लिजेण्ड तथा योर्कर किङ मानिने लासिथ मालिंगा भनेर चिनाउन पर्छ ।

मालिंगाले केही दिन अघि मात्र एक दिवसीय क्रिकेटबाट सन्यास लिए ।

बंगलादेशविरुद्द घरेलु मैदानमा एक दिवसीय क्रिकेटबाट बिदा लिदा उनको अनुहार बलेको थियो । उनको अनुहारमा कुनै गुनासा थिएनन् । उनी तृप्त देखिन्थे । एक दिवसीय खेल जिवनबाट उनी सन्तुष्ट थिए ।

मालिंगा खेलाडीनै त्यस्तै हुन्, जस्तो सुकै दबाबमा समेत मुस्कुराउन नभुल्ने । सायदै उनी रिसाएको भेटिन्छन् ।

मालिंगाले २ सय २६ एक दिवसीय खेलमा ३ सय ३८ विकेट हात पारे । एक दिवसीय क्रिकेटबाट बिदा लिदै गर्दा उनी एक दिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने विश्वका नवौं खेलाडीकाे रुपमा रहे ।

मालिंगाको अझ बढी याद सन् २००७ को विश्वकपलाई लिएर गरिनेछ । त्यो विश्वकपमा उनका रोमाञ्चक किस्सा जोडिएका छन् ।

वेस्ट ईन्डिजमा भएको श्रीलंका र दक्षिण अफ्रिकाको खेल सायदै क्रिकेट समर्थकले भुल्नेछन् । खेलको अन्तिम समय निकै रोमाञ्चक बनाएका थिए मालिंगाले ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९ ओभर ३ बलमा २ सय ९ रनमा समेटिएको थियो । २ सय १० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४४ ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका खेलाडी तथा समर्थकले विजय उत्सवको तयारी सुरु गरिसकेका थिए ।

नगरुन पनि किन ?

३६ बल बाँकी थियो । हातमा ५ विकेट थियो । मात्र १० रन चाहिएको थियो ।

४५ औं ओभरमा मालिंगाले व्यक्तिगत सातौँ ओभर बलिङ गर्न आएका थिए । त्यस पछि के भयो ?

एक हिसावले बाँकी सबै चिज एकादेशको कथा जस्तै बन्यो ।

उनले पहिलो बल डट फाले । दोस्रो बलमा चौका खाए । तेस्रो बल समेत डट फाले । चौथो बलमा अफ्रिकी टिमले दुई रन बटुलेको थियो ।

अब दक्षिण अफ्रीकालाई जितका लागि ४ रन मात्र चाहिने समिकरण तय थियो । पाँचौ बलमा मालिंगाले योर्कर फाल्दै शौन पोल्लकलाई बोल्ड गरे ।

ओभरको अन्तिम बलमा एण्ड्रियु हललाई 'क्याच आउट' गराए ।

खेल श्रीलंकाको हातमा थिएन । तर दक्षिण अफ्रिकाले केही दबाब महशुश गरेकाे थियो ।

४६ औ ओभरमा चामिन्दा भासले मात्र एक रन दिए । ज्याक कालिसले ओभरको पहिलो बलमा १ रन बनाएका थिए ।

मलिंगा आफ्नो अन्तिम ओभर लिए आए ।

दक्षिण अफ्रिकी ब्याट्सम्यान कालिस १ सय १० बलमा ८६ रन बनाएर खेलिरहेका थिए । पहिलो बलमै कालिसलाइ बिकेट किपरबाट 'क्याच आउट' गराउँदै मालिंगाले ह्याट्रिक पुरा गरे । लगत्तै अर्को बलमा नितिनलाई योर्कर मार्फत बोल्ड गराउँदै उनले ४ बलमा लगातार ४ विकेट हात पारे ।

एक समय मालिंगाले श्रीलंकालाई खेलमा फर्काएका थिए ।

दक्षिण अफ्रिकालाई १ विकेटको भरमा ३ रन चाहिने अवस्था थियो । खेल निकै रोमाञ्चक मोडमा पुगेको थियो ।

मालिंगाले बाँकी ४ बलमा १ रन दिए । र आफ्नो जिवनको उत्कृष्ट खेलको रुपमा समयलाई आत्मसाथ गरे । सायद समर्थकका लागि समेत त्यो खेल जिवनकै उत्कृष्ट खेल मध्यकै एक हुनुपर्छ ।

अन्तिममा खेल दक्षिण अफ्रिकाले १ विकेटले हात पार्यो । तर म्यान अफ द म्याच दक्षिण अफ्रिकाका चार्ल ल्याङभेल्ड र मालिंगा संयुक्त रुपमा घोषित थिए ।

विश्वकपमा ४ बलमा ४ विकेट हात पार्ने मालिंगा एक्लो खेलाडी हुन् । मालिंगा हरेक बलमा योर्कर फाल्न सक्ने खेलाडीको रुपमा स्थापित छन् । हातको १८० कोणबाट बलिङ गर्ने क्षमता बोकेका मालिंगालाई झेल्न कुनैपनि ब्याट्सम्यानलाई मुस्किल हुन्छ ।

उनले एक्लो बलमा श्रीलंकालाई धेरै खेल जिताएका छन् ।

मालिंगा विश्वकप इतिहासमा दुई पटक ह्याट्रिक लिने एक्लो खेलाडी हुन ।

सन् २०११ को विश्वकपमा केन्याविरुद्ध ह्याट्रिक लिंदै मालिंगा विश्वकपमा दुई ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका थिए ।

मालिंगाको नेतृत्वमा श्रीलंकाले सन् २०१४ को विश्व टी–ट्वान्टी उपाधि जितेको थियो । सन् २०११ को एक दिवसीय विश्वकपको फाइनलमा भारतसंगको हारको बदला लिदै श्रीलंकाले उपाधि उचालेको थियो । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP