एजेन्सी । बार्सिलोनाका पुर्व फरवार्ड स्यामुयल इटोले रियल मड्रिडका नयाँ खेलाडी इडेन हजार्ड लगभग मेस्सीको स्तर नजिक रहेको बताएका छन् ।
इटोले बार्सिलोना र लण्डन क्लब चेल्सीबाट खेलेका थिए । उनका अनुसार २८ बर्षिया खेलाडी हजार्डमा वालेन डी ओर जित्ने लक्ष्य रहेको छ ।
‘हजार्डलाई वालेन डी ओर जित्नु छ ।’ इटोले भनेका छन् ।
‘उनी पर्याप्त मात्रामा मुल्यवान छैनन् । तर उनी विश्वको उत्कृष्ट टिममा छन् । सबैको आँखा उनै खेलाडीमा छ ।’ हजार्डबारे इटोले उल्लेख गरेका छन् ।
‘उनी मेस्सीको स्तरको निकै नजिक छन् ।’ इटो दाबी गर्छन् ।
हजार्डले पछिल्लो सिजनमा सबै प्रतियोगितामा २१ गोल गर्नुका साथै १७ गोलको अवसर सिर्जना गरेका थिए । सोही कारण धेरैको नजर उनले खिचेका थिए ।
अर्जेन्टिनी सुपरस्टारले गत सिजन ५० खेलमा ५१ गोल गर्नुका साथै २२ गोलको अवसर सिर्जना गरेका थिए ।
इटो अहिले कतारमा खेलिरहेका छन् । उनले बार्सिलोना फर्कने सुचिमा रहेका नेयमारको बिषयमा बोलेका छन् । नेयमारको सरुवाको प्रसंग चलिरहदाँ बार्सिलोनाले एन्टोनी ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको थियो ।
‘यदी नेयमार बार्सिलोना फर्कन्छन् भने त्यो लक्ष्य प्राप्ति र भविष्यमा सहज हुनेछ ।’ उनले भनेका छन् ।
बार्सिलोनामा रहदा नेयमारले १ सय ५ गोल गरेका थिए । त्यसपछि उनी सर्वाधिक महङ्गा खेलाडीको रुपमा फ्रान्सेली क्लब लागेका थिए । तर उनी फ्रान्सेली क्लब पीएसजीमा खासै जम्न सकेका छैनन् । पीएसजीलाई फ्रान्सेली स्टार केलियन एम्बाप्पेले नेतृत्व गरिरहेका छन् ।