एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्ग्लिश क्लब लिभरपुल पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

स्कटल्याण्डमा भएको खेलमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले एक एक गोल गरे ।
युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न लिभरपुलले नापोलीसँग मैत्रिपूर्ण खेल खेलेको हो ।


