एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको इमिरेट्स कपमा फ्रेन्च क्लब लियोनले आर्सनललाई पराजित गरेको छ ।
आइतबार बेलुका भएको खेलमा लियोनले आर्सनललाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले लियोनसँग हार व्यहोरेको हो ।

खेलको ३५ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा लियोनले दुई गोल गरेको थियो ।
खेलको ६६ औं मिनेटमा मौसा डेम्बेलेले गोल गर्दै लियोनलाई खेलमा फर्काए । त्यसपछि खेलको ७५ औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई २-१ को जित दिलाए ।
