एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सीले च्याम्पियनसिप क्लब रिडिङलाई पराजित गरेको छ ।
आइतबार बेलुका भएको खेलमा चेल्सीले रिडिङलाई ४-३ गोल अन्तरले हराएको हो ।

रिडिङको मैदानमा चेल्सीलाई जित दिलाउन मासोन माउण्टले दुई गोल गरे । यस्तै केनेडी र रोस बर्क्लीले एक एक गोल गरे ।
रिडिङका लागि जोश बारेट, माइकल मोरिसन र साम बाल्डोकले एक एक गोल गरे ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न चेल्सीले रिडिङसँग मैत्रिपूर्ण खेल खेलेको हो ।

