एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को निलम्बनमा रहेको जिम्बाबेले भारतसंग टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । भारतविरुद्ध टी–ट्वान्टी सिरिज खेल्न जिम्बाबे आउँदो बर्ष भारत आउने पक्का भएको हो ।
सन् २०२० को पहिलो महिनामा जिम्बाबेले गुवाहाटी, ईन्दोर र पुनेमा टी–ट्वान्टी सिरिज खेल्नेछ । गत साता राजनीतिक कारण देखाउँदै आईसीसीले जिम्बाबे क्रिकेटलाई निलम्बन गरेको थियो ।
जिम्बाबेको क्रिकेटलाई आईसीसीले निलम्बन गरेपछि खेलाडीको भविष्यलाई लिएर ठुलो चर्चा सुरु भएको थियो ।
उसका ब्याट्सम्यान सोलोमोन मिरले निलम्बन पश्चात सन्यासको घोषणा गरेका थिए । यस्तै सिकन्दर राजाले निकै भाबुक पत्र सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
रिपोर्ट अनुसार आईसीसीले जिम्बाबे आउँदो बर्ष भारत आउने बताएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले समेत यसको पुष्टि गरेको छ ।
’आईसीसीले बाटो खुल्ला गरेसंगै जिम्बाबेको तालिका अनुसार भारत भ्रमण गर्नेछ ।’ बीसीसीआईले भनेको छ, ’उसको निलम्बन आईसीसीको खेलका लागि मात्र हो ।’