एजेन्सी । वेल्सका अन्तराष्ट्रिय फरवार्ड ग्यरेथ बेल चीनियाँ क्लब नजाने भएका छन् । स्पेनिस क्लब रियल मड्रिडले बेललाई चीन पठाउने प्रक्रियालाई रद्व गरिदिएको छ । पछिल्लो निर्णयसंगै बेल रियल मड्रिडमा बस्ने भएका छन् ।
३० बर्षिया बेलले साप्ताहिक १ मिलियन पाउण्ड पाउने शर्तमा चीनियाँ सुपर लिग क्लब जियाङ्सु सुनिङसंग तीन बर्षको सम्झौता गर्ने तयारी गरेका थिए ।
कीर्तिमानी बेललाई तिर्ने तलबको बिषयमा चिनियाँ पक्ष अनिच्छिुक देखिएपछि सरुवा प्रक्रिया रद्व भएको बताईएको छ ।
गत हप्ता मात्र रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले बेलले चाँडैनै क्लब छाड्ने बताएका थिए । उनले बेलले क्लब छाड्नु सबैका लागि उपयुक्त हुने उल्लेख गरेका थिए ।
बेल सन् २०१३ मा कीर्तिमानी मुल्य ८५ मिलियन पाउण्डमा टोटेनहमबाट रियल मड्रिड आएका थिए ।

क्लबसंग उनको अझै तीन बर्षको सम्झौता बाँकी छ । उनले रियलबाट तीन च्याम्पियन्स लिग, एक ला लिगा, कोपा डेल रे, तीन युएफा सुपर कप र तीन क्लब विश्वकप जितेका थिए ।
उनी तीन गोल र पेनाल्टी सुटआउट गरि चार च्याम्पियन्स लिगको फाईनलमा गोल गरेका छन् । उनी सम्मिलित रियलले सन् २०१४, २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।
चोटका कारण उनले पछिल्ला चार सिजनमा मात्र ७९ खेल सुरुवात रहेर खेलेका छन् ।