• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टी-ट्वान्टी विश्वकप एसिया फाइनलका ५ फ्लप स्टार
खेलपाटी संवाददाता
सोमबार, साउन १३, २०७६ खेलपाटी संवाददाता
टी-ट्वान्टी विश्वकप एसिया फाइनलका ५ फ्लप स्टार

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा घरेलु टोली सिंगापुरसँग पराजित भएसंगै सन् २०२० को टी-ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा आइतबार भएको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यो हारसँगै प्रतियोगितामा नेपाल ४ खेलमा २ जितर २ हार व्यहोर्दै तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो । तर, नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेट तथा तेस्रो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा उपाधि दाबेदार मानिएको नेपालले खराब प्रदर्शन गरेपछि चर्चाको बिषय बनेको छ । किनकी प्रतियोगितामा सहभागी राष्ट्रमध्ये नेपाल सर्वाधिक शीर्ष वरियतामा रहेको थियो ।

तर, प्रतियोगितामा नेपालका खेलाडीले सोचेको जस्तो प्रदर्शन गर्न सकेनन् । प्रतियोगितामा धेरै कीर्तिमान बनाएपनि नेपाल धेरै कुरामा चुकेको थियो । नेपालको बलिङ र ब्याटिङ दुवै उत्कृष्ट हुन सकेन ।

प्रतियोगितामा नेपालका धेरै खेलाडी उच्च प्रदर्शन गर्न चुके । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न चुकेका पाँच स्टार खेलाडीको हामीले चर्चा गरेका छौं ।


१. शरद भेषवाकर

नेपाली ब्याटिङको खम्बा भनेर चिनिने शरदले प्रतियोगिताभर १ खेलमा मात्र दोहोरो अंक जोड्न सके । उनले प्रतियोगितामा ४ खेल खेल्दै मात्र ५५ रन बनाए । प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी २० औं स्थानमा रहे ।

पहिलो खेलमा कतारविरुद्ध १३ बलमा ७ रन बनाएका शरदले मलेसियाविरुद्ध २ बलमा ३ रन बनाउँदा अविजित रहेका थिए ।

यस्तै कुवेतविरुद्ध भने उनले औषत प्रदर्शन गरे । ३० बल खेलेका शरदले ३८ रनमा अविजित रहँदै नेपाललाई जित दिलाए ।

अन्तिम तथा महत्वपूर्ण रहेको सिंगापुरविरुद्धको खेलमा ११ बल खेल्दा ७ रनमा क्याच आउट भए । आउट भएको दुवै खेलमा उनी खराब सटका कारण क्याच आउट भएका थिए । उनी जस्तो अनुभबी तथा तेस्रो नम्बरमा ब्याटिङ आउने खेलाडीबाट यस्तो प्रदर्शन हुनु खराब नै हो ।

२. दिपेन्द्र सिंह ऐरी

युवा तथा भरपर्दा मिडल अर्डर ब्याट्सम्यानको रुपमा आफुलाई स्थापित गर्दै आएका दिपेन्द्रलाई भविष्यका मुख्य खेलाडीको रुपमा हेरिएको छ । तर, प्रतियोगितामा भने उनको ब्याटिङ चल्न सकेन । ४ खेलमा ६० रन बनाएका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको १७ औं स्थानमा रहेका छन् ।

कतारविरुद्ध ३५ बलमा ३४ रन बनाएका उनले मलेसियाविरुद्ध ४ बलमा २, कुवेतविरुद्ध २ बलमा १ र सिंगापुरविरुद्ध २२ बलमा २३ रन बनाएर आउट भएका थिए । यसै बर्षको पीएम कपको फाइनलमा औंलामा चोट लागेका कारण उनी केहि महिना मैदान बाहिर रहेका थिए ।

३. सोमपाल कामी

नेपालका भरपर्दा अलराउण्डर सोमपालले यस प्रतियोगितामा सम्झन लायक प्रदर्शन गर्न सकेनन् । प्रतियोगितामा न त उनको ब्याट चल्यो न त बलिङ नै । प्रतियोगितामा २ इनिङ्स ब्याटिङ गरेका उनले दुवै खेलमा ११/११ रन बनाएर पेभिलियन फर्किएका थिए । बलिङतर्फ मलेसियाविरुद्दको खेलमा ३ विकेट बाहेक अन्य खेलमा विकेट लिन सकेनन् ।

विदेशी फ्रेन्चाइज लिग खेल्ने सोमपाल नेपालका दोस्रो खेलाडी हुन् । क्यानडामा जारी ग्लोबल टी-ट्वान्टीमा विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । प्रतियोगिता २५ जुलाईबाट सुरु भए पनि नेपालको खेलका कारण उनी आइतबार बेलुका क्यानडा प्रस्थान गर्ने छन् ।

४. विनोद भण्डारी

नेपाली क्रिकेटमा कसैले पूर्ति गर्न नसकेको एक स्थान हो विकेटकिपर ब्याट्सम्यान । तर, विनोद भण्डारीको पीएम कप र मलेसियाविरुद्धको सिरिजमा देखिएको लय सिंगापुरमा देख्न सकिएन ।

प्रतियोगितामा उनले राम्रो प्रदर्शन गर्ने सबैले आशा गरेको थियो । तर, विनोदले ३ इनिङ्समा मात्र २५ रन बनाए । मलेसियाविरुद्ध १३ रन बनाउनु बाहेक अन्य खेलमा उनले दोहोरो अंक छुन सकेनन् ।

प्रतियोगिताको तयारीको रुपमा मलेसियाविरुद्धको खेलमा उनले २५ बलमा ५१ रनको कीर्तिमानी अर्धशतकीय इनिङस खेलेका थिए ।

५. रोहित कुमार पौडेल

नेपाली ब्याटिङमा युवा तथा भरपर्दा ब्याट्सम्यानको रुपमा स्थापित गरिसकेका रोहितले प्रतियोगितामा उत्कृष्ट खेल देखाउन सकेनन् । प्रतियोगितामा ३ खेल खेलेका उनले २ इनिङ्स ब्याटिङ गरेका थिए ।

कुवेतविरुद्ध ९ बलमा ६ रन बनाउँदै अविजित रहेका उनले सिंगापुरविरुद्ध ४ बल खेल्दा ५ रनमा आउट भएका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP