एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोल 'युईएफए गोल अफ दि सिजन' को मनोनयनमा परेको छ ।
युरोपियन फुटबल एसोसियसनले सार्वजनिक गरेको बर्षको उत्कृष्ट १० गोलको सूचीमा मेस्सी र रोनाल्डोको गोल अटाएको हो ।
मेस्सीले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलविरुद्ध गरेको फ्रिकिक गोल मनोनयनमा परेको हो । यस्तै रोनाल्डोले पूर्व क्लब म्यानचेस्टर युनाईटेडविरुद्ध गरेको भली गोल मनोनयनमा परेको छ ।
यस्तै बार्सिलोनाका इभान राकीटिच, ड्यानिलो, डाभिड फौपला, एन्जो मिलोट, इस्माइला सार, नानी र पेड्रोको गोल पनि मनोनयनमा परेको छ । यस्तै महिला खेलाडी कट्रिना स्विट्कोभाको गोल पनि मनोनयनमा परेको छ ।
युईएफएले सर्वाधिक मत प्राप्त गर्ने गोललाई 'युईएफए गोल अफ दि सिजन' अवार्ड प्रदान गर्नेछ । मन पर्ने खेलाडीको गोललाई युईएफएको वेबसाइडमा गएर भोट गर्न सकिनेछ । अगष्ट ९ सम्म भोट गर्ने सकिने छ ।
