एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले १६ बर्षे युवा विंगर हार्वे एलियटलाई अनुबन्ध गरेको छ ।
लिभरपुलले एलियटलाई फुलहमबाट अनुबन्ध गरेको हो । लिभरपुलले एलियटसँग आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
इंग्ल्याण्डका युवा खेलाडी एलियट प्रिमियर लिगमा डेब्यु गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । गत सिजन फुलहमबाट उनले १६ बर्ष ३० दिनको हुँदा डेब्यु गरेका थिए ।
गत सिजन एलियटले फुलहमबाट ३ खेल खेलेका थिए ।
उनलाई अनुबन्ध गर्न रियल मड्रिड, पेरिस सेन्ट जर्मेन लगायतका क्लबले चासो देखाएका थिए ।